फेरि पनि विफल भयो बिटकोइनका आविस्कारक खोज्ने प्रयास

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 04, 2024 | 11:35:19 AM मा प्रकाशित

laxmi sunrise bank

विश्व बजारको तथ्यांक हेर्ने हो भने बिटकोइनको बजार हिस्सा करिब २० खर्ब भएको मानिन्छ। बजार हिस्सा नै २० खर्ब भएपछि यसका आविस्कारक कम्तिमा पनि अरबपति भैईसकेका छन् भन्ने उत्तर दिन गाह्रो नहोला तर यसका आविष्कारक को हो भन्ने प्रश्न भने अहिलेपनि सबैका लागि गाह्रो बिषय बनेको छ। 

त्यसो त. आफुलाई बिटकोइनका संस्थापक भनेर चिनाउने प्रयास नभएका होइनन तर पर्याप्त प्रमाण र आधार दिन नसक्दा अहिलेसम्म आफुलाई बिटकोइनको आविष्कारक भनेर चिनाउन आउनेहरु असफल भएका छन्।  विश्व समुदायले बिटकोइनका आविष्कारक सातोसी नाकामोतो हुन् भनेर मानेको छ तर ति व्यक्ति को हुन् भन्ने कुरा अहिले पनि रहस्यको बिषय बनेको छ। 

यसअघिजस्तै एक जना व्यक्ति आफुलाई सातोसी नाकामोतो भएको दाबी गर्दै पत्रकार सम्मेलन मार्फत सार्वजनिक हुने दाबी गरे।  पत्रकार सम्मेलनमा सहभागी हुनलाई १०० पाउण्ड स्टरलिङ् र प्रश्न सोध्नलाई अतिरिक्त ५० पाउण्ड स्टरलिङ् तोकिएको थियो। आयोजक चार्ल्स एन्डरसनले ५०० पाउन्ड खर्च गर्ने भए मञ्चमै सतोसीको अन्तर्वार्ता लिने मौका दिने प्रस्ताव समेत गरे। 

यसअघि सन् २०१४ मा न्यूजविकमा छापिएको एक लेखमा क्यालिफोर्निआमा बस्दै आएका डोरिअन नाकामोतो नै सातोसी भएको दाबी गरिएको थियो। तर उनले आफू सातोसी नभएको बताएसँगै उक्त दाबी असफल भयो। त्यसको एक वर्षपछि अस्ट्रेलियाका कम्युटर बैज्ञानिक क्रेग राइट सातोसी भएको हुनसक्ने विवरण पत्रकारहरूले सार्वजनिक गरे।

प्रविधि अर्बपति इलोन मस्क पनि यो क्रिप्टोकरेन्सीका आविष्कारक भएको हुनसक्ने उनको कम्पनी स्वेस एक्सका पूर्व कर्मचारीले दाबी गरे। तर मस्क आफैँले यस्तो दाबी अस्वीकार गरेका छन्।



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved