किन अमेरिकाले लगायो भारत लगायत आधा दर्जन देशका कम्पनीमाथि प्रतिबन्ध ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 04, 2024 | 11:48:51 AM मा प्रकाशित

अमेरिकाले भारतका करिब दुई दर्जन कम्पनी सहित करिब चार सय कम्पनी एवं व्यक्तिमाथि प्रतिबन्ध लगाएको छ। युक्रेनविरुद्ध जारी युद्धमा रुसलाई सघाउ पुर्‍याएको आरोपमा यी कम्पनी एवं व्यक्तिमाथि प्रतिबन्ध लगाइएको अमेरिकाले विज्ञप्ती मार्फत जनाएको छ। 

अमेरिकाले १९ वटा भारतीय कम्पनीसहित विभिन्न देशका करिब ४०० कम्पनी एवं व्यक्तिमाथि प्रतिबन्ध लगाएको स्वीकारेको छ। अमेरिकाले उसका विदेश मन्त्रालय, अर्थ मन्त्रालय र वाणिज्य मन्त्रालयले ती व्यक्ति तथा कम्पनीहरूमाथि अक्टोबर ३० देखि प्रतिबन्ध लगाइएको जनाएको हो।

प्रतिबन्धमा पर्नेमा भारतका साथै चीन, मलेशिया, थाईल्यान्ड, टर्की र संयुक्त अरब एमिरेट्सलगायत देशका छन्। अमेरिकाका अनुसार प्रतिबन्ध लगाइएका कम्पनीहरूले युक्रेनविरुद्धको लडाइँमा रुसले प्रयोग गर्ने विभिन्न सामग्री उपलब्ध गराउँदै आएका छन्।

त्यसमा माइक्रो इलेक्ट्रोनिक्स र कम्प्युटर न्यूमेरीकल कन्ट्रोल लगायतका सामान छन्। ती सामानको पहिचान अमेरिकी वाणिज्य मन्त्रालयको उद्योग तथा सुरक्षा ब्यूरोका साथै यूके, जापान र युरोपेली सङ्घले गरेको बताइएको छ।

अमेरिकाले भारतीय कम्पनीहरूमाथि प्रतिबन्ध लगाएको चाहिँ यो पहिलो पटक होइन। यसअघि रुसी सेनालाई सघाएको आरोपमा सन् २०२३ को नोभेम्बरमा अमेरिकाले एउटा भारतीय कम्पनीमाथि प्रतिबन्ध लगाएको थियो। प्रतिबन्धमा पर्नेमा भारतका एसेन्ड एभिएशन इन्डिया प्रालि, मास्क ट्रान्स, टीएसएमडी ग्लोबल प्रालि र फुट्रवो कम्पनी लगायतका समावेश छन्।


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved