टर्किएद्वारा राष्ट्रसंघलाई इजरायललाई हतियार बिक्री रोक्न आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 04, 2024 | 12:06:51 PM मा प्रकाशित

laxmi sunrise bank

टर्किएले संयुक्त राष्ट्र सुरक्षा परिषद्लाई इजरायललाई हतियार बिक्री रोक्न आग्रह गरेको छ।  ५३ मुलुकको हस्ताक्षरसहित राष्ट्रसंघलाई संयुक्त पत्र पठाई इजरायललाई हतियार र गोला बारुदको आपूर्ति रोक लगाउन तर्फ तुरुन्त कदम चाल्न आग्रह गरेको कुरा टर्किएका विदेशमन्त्री हाकान फिदानले बताएका छन्।

टर्किएको नेतृत्वमा ५२ देश र दुई अन्तर्राष्ट्रिय संस्थाहरूले हस्ताक्षर गरेको यो पत्र नोभेम्बर १ मा संयुक्त राष्ट्र संघमा प्रस्तुत गरिएको थियो, जसमा इजरायललाई हतियार आपूर्ति बन्द गर्न आग्रह गरिएको छ।

"इजरायललाई हतियार बेच्नु नरसंहारमा संलग्नता हो," फिदानले जिबूतीमा आयोजित पत्रकार सम्मेलनमा भने, जहाँ उनले आइतवार टर्किए-अफ्रिका साझेदारीको तेस्रो मन्त्रीस्तरीय समीक्षा सम्मेलनमा सहभागीता जनाएका थिए।

उनले, इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको प्रशासनलाई ‘विश्वव्यापी खतरा’ बताउँदै, इजरायललाई अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन गर्नबाट रोक्न आग्रह गरे।

वर्तमान विश्वव्यापी प्रणालीले समाधान दिन असफल भएको कुरामा जोड दिँदै, फिदानले भने, "यो प्रणालीले ऐतिहासिक अन्यायलाई निरन्तरता दिएको छ, र यसलाई परिवर्तन गर्नु आवश्यक छ।"

"यो अपरिहार्य परिवर्तन अफ्रिकी देशहरूको नेतृत्वमा हुनेछ, जसलाई हालको अन्तर्राष्ट्रिय प्रणालीले बेवास्ता गरेको छ," उनले थपे।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved