अफ्रिकासँगको साझेदारीलाई थप सुदृढ पार्ने टर्कीएको प्रतिबद्धता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 04, 2024 | 12:12:18 PM मा प्रकाशित

nepal oil ltd

टर्कीएका विदेशमन्त्री हाकान फिदानले अफ्रिकी राष्ट्रहरूसँग बलियो साझेदारी गर्ने प्रतिबद्धता पुनः व्यक्त गरेका छन्। आइतबार पूर्वी अफ्रिकी देश जिबूतीमा आयोजित तेस्रो टर्कीए-अफ्रिका साझेदारी मन्त्रीस्तरीय समीक्षा सम्मेलनमा सम्बोधन गर्दै बताएका थिए। 

फिदानले टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानको शुभकामना सन्देशबाट सम्मेलनको सुरुवात गर्दै अफ्रिकी संघका नेताहरूको योगदानको प्रशंसा गरे। फिदानले अफ्रिकाको युवा जनसङ्ख्या, प्रचुर स्रोतहरू, र बढ्दो बजारको प्रशंसा गर्दै यस महाद्वीपलाई २१औं शताब्दीमा महत्त्वपूर्ण भूमिका खेल्न तयार रहेको बताए।

साथै, उनले अफ्रिकाले सामना गरिरहेका "आतंकवाद, असमानता, जलवायु परिवर्तन, विकास चुनौतीहरू, र अनियमित आप्रवासन" जस्ता गम्भीर समस्याहरूलाई पनि औंल्याए। टर्कीएले २००८ देखि अफ्रिकी संघको रणनीतिक साझेदारको रूपमा काम गर्दै अफ्रिकी देशहरूसँग संरचित र अनुकूलित दृष्टिकोणबाट द्विपक्षीय सम्बन्धलाई सुदृढ गर्दै आएको छ।

फिदानले "अफ्रिकी समस्याहरूका लागि अफ्रिकी समाधान" प्रति टर्कीको प्रतिबद्धता जोड दिए र युनियनका सिद्धान्तहरू र एजेन्डा २०६३ सँग टर्कीको नीतिगत संलग्नता पुष्टि दोहोर्‍याए र यसको उद्देश्य महाद्वीपमा समग्र विकास गर्नु रहेको बताए। 

सुरक्षाका सन्दर्भमा, उनले आतंकवाद विरुद्धको संघर्ष र द्वन्द् प्रभावित क्षेत्रहरूमा स्थायित्वका लागि अफ्रिकी राष्ट्रहरूप्रति टर्कीको सहयोगलाई जोड दिए। फिदानले विशेष गरी सुडानको वर्तमान संकटलाई सम्बोधन गर्दै अन्तर्राष्ट्रिय समुदायलाई तत्काल युद्धविराम र दीर्घकालीन शान्तिका लागि सहकार्य गर्न आह्वान गरे। 

संयुक्त राष्ट्रका अनुसार, अप्रिल २०२३ देखि सुडानमा सेना र अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्सहरूबीचको द्वन्द्वले २०,००० भन्दा बढीको मृत्यु र १० लाखभन्दा बढी विस्थापित भएका छन्। खाद्यान्न संकटका कारण सुडानका १८ मध्ये १३ राज्यहरूमा भोकमरीको जोखिम रहेकोले अन्तर्राष्ट्रिय समुदायले हिंसा अन्त्यको लागि आह्वान गरेका छन्।

आर्थिक क्षेत्रमा, फिदानले अफ्रिकासँगको टर्कीएको व्यापार २०२३ मा ३५ बिलियन डलर नाघेको र टर्कीएको कुल लगानी लगभग ७ बिलियन डलर रहेको तथ्यलाई जोड गरे। उनले स्वास्थ्य, खाद्य सुरक्षा, र वातावरणीय दिगोपनमा केन्द्रित आर्थिक साझेदारी र विकासमा टर्कीएको समग्र दृष्टिकोणलाई पनि जोड दिए।

उनले अफ्रिकामा ४४ टर्कीए दूतावास र टर्कीएमा ३८ अफ्रिकी दूतावासहरूसँगको सुदृढ कूटनीतिक उपस्थितिको महत्त्वलाई पनि उल्लेख गरे। फिदानले संयुक्त राष्ट्रको सुधार, विशेष गरी सुरक्षा परिषद्मा समान प्रतिनिधित्वको आवश्यकताको कुरा गर्दै आफ्नो धारणा प्रस्तुत गरे। प्यालेस्टिनी मुद्दामा समर्थन जनाएकामा अफ्रिकी राष्ट्रहरूको प्रशंसा गर्दै उनले जी२० जस्ता विश्वव्यापी मञ्चहरूमा अफ्रिकी आवाजहरूको महत्त्वलाई बुझ्नुपर्ने कुरामा जोड दिए।

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved