इलोन मस्कको पक्षमा अदालतको फैसला, राष्ट्रपतीमा डोनाल्ड ट्रंपको सम्भावना बलियो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 05, 2024 | 11:25:14 AM मा प्रकाशित

laxmi sunrise bank

इलोन मस्कलाई राष्ट्रपति निर्वाचनमा मतदातालाई दश लाख डलर वितरण गर्ने बाटो खुलेको छ। अमेरिकी राष्ट्रपति निर्वाचनमा निर्णायक हुने ठानिएका विभिन्न ‘स्विङ स्टेट’मा मस्कको राजनीतिक समूहलाई १० लाख डलर वितरण गर्न पाउने फैसला एक न्यायाधीशले सुनाएको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन्। 

उक्त फैसलापश्चात मस्कलाई मतदाता प्रभावित पार्न सक्ने दश लाख वितरणको बाटो खुलेको हो। यससंगै राष्ट्रपतिमा डोनाल्ड ट्रंपको सम्भावना बलियो भएर गएको विश्लेषण गरिएको छ। राष्ट्रपतिका उम्मेदवार ट्रंप र कमला ह्यारिसबीच बराबरीको प्रतिस्पर्धा चलिरहँदा निर्णायक मानिएको ‘स्विङ स्टेट’मा मस्कको राजनीतिक समुहले उम्मेदवारलाई दश लाख डलर वितरण गर्न पाउने फैसलाले ट्रंपको सम्भावना बलियो बनाएको हो। 

फिलाडेल्फियाका सरकारी वकिल लरेन्स क्र्यास्नरले निर्वाचनमा महत्त्वपूर्ण प्रभाव पार्ने ठानिएका राज्यहरूका एक मतदातालाई मतदानको दिनअघिसम्म प्रत्येक दिन १० लाख अमेरिकी डलर दिने बताएका थिए।

मस्कको अमेरिका 'पीएसी'ले पुरस्कार दिने उक्त अभियान मङ्गलवार सम्पन्न हुने छ। अन्तिम प्रापक छनोट भइसकेको अमेरिकी धनाढ्यका वकिलले सोमवार भएको एउटा सुनुवाइमा बताएका छन्।सबैलाई छक्क पार्ने गरी ती वकिलले पुरस्कार प्राप्त गर्ने व्यक्तिहरू चिट्ठाको विधिबाट नछानिएको बताए। उनका अनुसार सबै विजेताको नाम सो समूहले नै छानेको हो।

समाचारसंस्था एपीका अनुसार पेन्सिल्भेनियाका न्यायाधीश एन्जेलो फोग्लिएटाले उक्त फैसला दिनुको कारण खुलाएका छैनन्। तर सुनुवाइ भएको केही घण्टापछि नै उक्त आदेश आएको हो।

“दश लाख डलर पाउने व्यक्तिहरू संयोगवश छानिँदैनन्,” एपीले सुनुवाइमा मस्कका वकिल क्रिस गबरले भनेको कुरा उद्धृत गरेको छ। “हामीलाई आज र भोलि १० लाख डलर ठ्याक्कै कसले पाउँदै छन् भन्ने थाहा छ।”

उनका अनुसार अमेरिका पीएसीले अन्तिम विजेता छानिसकेको छ र उनी मिशिगनका बासिन्दा भएको अमेरिकी सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्। सोमवार अमेरिका पीएसीले एरिजोनाका जोशुआ भन्ने व्यक्तिले उक्त दिनको पुरस्कार पाएको घोषणा गरेको थियो।

मस्कले सञ्चालन गरेको पीएसीले सामाजिक सञ्जाल 'एक्स'मा चुनावको दिनसम्म आफ्नो अभियानमा सहभागी हुने अमेरिकी मतदातामध्येबाट छानिएका एक व्यक्तिलाई प्रत्येक दिन १० लाख डलर पाउन छानिने बताएको थियो।

मस्क सातवटा 'स्विङ स्टेट'मा रिपब्लिकन उम्मेदवार डोनल्ड ट्रम्पको पक्षमा प्रचार गरिरहेका गरिरहेका छन्। उनको समूहले पेन्सिल्भेनियामा विशेष ध्यान दिएको छ। मतसर्वेक्षणहरूले त्यहाँ ट्रम्प र डेमोक्र्याटिक उम्मेदवार कमला ह्यारिसबीच बराबरीको अवस्था रहेको देखाएका छन्।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved