अमेरिकाका राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रंपले आफु राष्ट्रपतिको चुनावमा विजयी भएको घोषणा गरेका छन्। राष्ट्रपति पदका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले पेन्सिल्भेनिया, नर्थ क्यारोलिना र जर्जियाका प्रमुख रणभूमि राज्यहरू जित्ने अनुमान गरिएपछि आफु विजयी भएको घोषणा गरेका हुन्।
उनले डेमोक्र्याटिक प्रतिद्वन्द्वी कमला ह्यारिसलाई पराजित गर्ने घोषणा गरेका छन्। यद्दपि त्यहाँको निर्वाचन टोलिले औपचारिक घोषणा गर्न बाँकि छ भने प्रतिद्वन्दी ह्यारिसले हार स्वीकार गरिनसकेको अवस्था छ।
ट्रंपले २६७ सिट जितिसकेका छन् भने उनकी प्रतिद्वन्दी ह्यारिसले २२४ सिट जितेकी छन्। अमेरिकी राष्ट्रपति हुनलाई २७० सिटको आवश्यकता पर्दछ। जसमा ट्रंप ३ सिटको पर्खाईमा छन्।