साउदी अरबले ल्यायो आफ्नै उत्पादन ' खजुर' को 'कोला', नेपाललाई पनि राम्रो संदेश

मोहम्मद रमजान अली मियाँ

मोहम्मद रमजान अली मियाँ

Dec 06, 2024 | 03:04:13 PM मा प्रकाशित

laxmi sunrise bank

साउदी अरबले आफ्नो देशमा उत्पादन हुने प्राकृतिक फल "खजुर"को सदुपयोग गर्दै विश्वमा पहिलो पटक खजुरद्वारा उत्पादन गरिएको चिसो पेय पदार्थ बजारमा ल्याउन सफल भएको छ। यसको नाम मिलाफ कोला राखिएको छ। 

यो अनौठो प्रयास केवल एउटा पेयपर्दार्थ सम्म मात्रै सिमित रहेको छैन। तथापि यो स्वस्थ जीवनशैली र आफ्नो भूमिमा उत्पादन हुने वस्तुको सहि सदुपयोग गर्दै निरन्तर विकास संग जोडिएको महत्त्वपूर्ण पाटो पनि हो।जसले साउदी अरबले आफ्नो विकास गाथामा उसको प्रतिबद्धता पनि झल्काएको छ।

मिलाफकोलाको उत्पादनले सफ्ट ड्रीन्कको क्षेत्रमा एउटा तरंग पैदा गरिदिएको बताइन्छ।मिलाफकोला लाई पहिलो साउदी अरबमा वर्षेनि लाग्ने खजुर महोत्सवको अवसरमा रियादमा सार्वजनिक गरिएको हो। यसलाई पछिल्लो रियाद सिजनमा पनि सहभागीहरु माझ वितरण गरिएको थियो।

यो पेय पदार्थ साउदी अरब स्थित थुरत अल मदीना नामक कम्पनीले तयार गरेको हो। यसको उत्पादनको उदेश्य मानिसको शारीरिक ताजगीलाई स्वास्थ्यसंग जोड्नु पनि रहेको बताइएको छ।  यसलाई सफ्ट डृन्कको इतिहासमा अनौठो उत्पादन जुन स्वस्थ्य वर्दक एवं दीर्घ टिकाउ तर्फको अर्को नवीनतम यात्रा पनि भनिएको छ।

साउदी अरबको पहिचान खजुर संग पनि गहिरो रुपले जोडिएको छ।   साउदी अरबमा हाल ३४ मिलियन खजुरका बोट तथा रुखहरु रहेको छ। जसबाट वर्षेनि १.६ मिलियन टन खजुर उत्पादन हुन्छन। विषेश गरि अल कसीम प्रान्तमा मात्रै ११.२ मिलियन खजुरको रुखहरु रहेको पाइन्छ।त्यसैगरी मदीना रियाद लगायत साउदी अरबको पुर्वी क्षेत्रमा पनि उल्लेख्य मात्रामा खजुरको खेती गर्ने गरिछ। 

यो देश केवल खजुर उत्पादन मात्रै गर्दैन र ठूलो मात्रामा खजुर निर्यात निर्यात पनि गर्दछ। खजुर साउदी अरबको संस्कृति र खानपिनको अभिन्न अंग पनि हो।खजुरमा अनगिन्ती पोषणतत्वहरु पाइन्छन।यसमा प्रचुर मात्रामा फाइबर भिटामिन र खनिज पाइन्छ।

साउदीमा उत्पादन हुने खजुरका विभिन्न जातहरु पनि छन जस्तै सुक्करी,बरही,रजिज,सगई,खलास सुफ्री,सफवी,खुद्री,हलावा,अन्बारा, बेरहिइ रोथाना हुन भने अजवा यहाँको बहुमुल्य खजुर मानिन्छ।यसैगरी खजुरको उपयोग परम्परागत खाद्य पदार्थ सम्म मात्रै सिमित छैन।

चिनी रहित साउदी अरबको यो पृथक उत्पादन  "मिलाफ कोला" यसको असल उदाहरण हो।अन्ततः यसलाई साउदी अरबले आफ्नो भिजन २०३० को अर्को महत्त्व अंग पनि भएको बताएको छ । जसले कृषि क्षेत्रमा आधारित अर्थ व्यवस्थामा  क्रान्ति ल्याउने र विविधीकरण तथा नवीनता प्रती जोड दिनेछ।

नेपाललाई पनि संदेश :

साउदी अरबले आफ्नै देशको प्रमुख उत्पादन मध्ये एक खजुर को सफ्ट ड्रिंक बनाएर विश्वसामु तेल बिक्रि गर्ने राज्यको भन्दा फरक पहिचान बनाउन खोजे जस्तै नेपालले पनि आफ्नै उत्पादन आप सुन्तला स्याउ अंगुर को प्रयोग गरेर आफ्नै किसिमको सफ्ट ड्रिंक बनाउन सक्ने जानकार बताउछन। 


Share Your Thoughts

Recent News


Main News


TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved