ट्रम्प प्रशासनको निर्णयविरुद्ध प्रदर्शन, सडकमा उत्रिए यूएसएआईडीका कर्मचारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 06, 2025 | 01:22:53 PM मा प्रकाशित

laxmi sunrise bank

अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएआईडी)का कर्मचारीहरुले ट्रम्प प्रशासनको विरोध गरेका छन् । आन्दोलनकारीले संघीय कानून र अमेरिकी संविधानको उल्लङ्घन भएको आरोप लगाएका हुन् ।

अनलाइनमार्फत करिब ५० राज्यमा एकसाथ विरोध प्रदर्शन गरिएको हो । प्रदर्शनकारीहरूले राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनद्वारा गरिएको निर्णय फिर्ता गर्न माग गरेका छन् । प्रदर्शनकारीले टेस्लाका सीईओ एलोन मस्कको प्रभाव र सक्रियताप्रति पनि चिन्ता व्यक्त गरेका छन् । उनीहरुले मस्कको नियुक्ति गैरकानुनी भएको पनि बताएका छन् । मस्कले यूएसएआईडी बन्द गर्नुपर्ने सुझाव दिएका थिए ।

ट्रम्पले यूएसएआईडीको सहायता तीन महिनाका लागि रोक्दै समीक्षा र पुनरवलोकन गर्ने आदेश गरेपछि विश्वभरका कर्मचारीहरुलाई फिर्ता गर्न निर्देशन समेत दिइसकेको छ । 

यूएसएआईडी सन् १९६१ मा राष्ट्रपति जोन एफ.केनेडीको प्रशासनमा स्थापित भएको थियो । यसले गरिबी निवारण, रोगहरूको उपचार, अनिकाल र प्राकृतिक प्रकोपहरुको प्रतिक्रिया दिन विश्वभर वार्षिकरुपमा अर्बौं डलर वितरण गदै आएको छ ।

यूएसएआईडीका हजारौँ कर्मचारीलाई शुक्रबार मध्यरातिदेखि छुट्टीमा राखिनेबारे सूचना जारी भइसकेको छ । 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved