चीनमा बीउ प्रजनन अनुसन्धानमा एआईको प्रयोग, कपास खेतीमा डेटा आधारित प्रविधिको विस्तार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 23, 2025 | 04:10:41 PM मा प्रकाशित

चीनमा कृषि क्षेत्रलाई व्यवस्थित गर्न आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग गर्न थालिएको छ ।  बीउ प्रजनन अनुसन्धानलाई सुव्यवस्थित गर्न चिनियाँ वैज्ञानिकहरूले एआईलाई तालिम समेत दिएका छन् । 

दक्षिणी चीनका कृषि वैज्ञानिकहरूको टोलीले कपास बालीमा हुने भिन्नताहरू पहिचान गर्न एआई मोडेलहरूलाई तालिम दिएका हुन् । बीउ अनुसन्धान र विकासको दक्षतामा सुधार ल्याउन यस्तो विधि अपनाइएको हो ।

गत वर्ष नोभेम्बरमा कपास रोपिएदेखि वैज्ञानिकहरूले प्रत्येक सात दिनमा तस्बिरहरू सङ्कलन गर्न रोबोट र क्यामेरा प्रयोग गर्दै आएका छन्। जसमा कपासको बोटहरू बीचको डाँठको मोटाई, उचाइ र पातको आकारमा थोरै भिन्नता जस्ता कुराहरू समावेश छन्।

चाइना एकेडेमी अफ एग्रिकल्चरल साइन्सेसमा अध्ययनरत पीएचडी विद्यार्थीका अनुसार प्रत्येक पटक, ७ देखि १० भिडियोहरू सङ्कलन गरेर विभिन्न विधिमार्फत विभिन्न प्रविधिका माध्यमबाट अनुसन्धान गरिएको छ ।

कृषिवालीको उत्पादनको समयसम्ममा, एआईले प्रजनन चक्रको  बुझाइ विकास गर्न विशाल मात्रामा डेटा फिल्टर गर्ने र अनुसन्धान दक्षतामा उल्लेखनीय सुधार ल्याउने अपेक्षा गरिएको छ । (सीसीटीभीप्लस)

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved