अमेरिकी खाद्य सहायतामा कटौतीः ‘लाखौं मानिसहरूको लागि मृत्युदण्ड’ सरह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 13, 2025 | 12:18:02 PM मा प्रकाशित

nepal oil ltd

अमेरिकाको आपतकालीन खाद्य सहायतामा गरिएको कटौतीले अफगानिस्तान प्रभावित हुने देखिएको छ । भोकमरीको सामना गरिरहेको अफगानिस्थानमा विश्व खाद्य कार्यक्रम अन्तर्गतको राशन आधा कटौती गरिने अमेरिकी चेतावनीपछि गरिबहरु बढी मारमा पर्ने देखिन्छ ।

सरकारी घाटा कम गर्ने आफ्नो योजना अनुसार ट्रम्प प्रशासनले जनवरीमा तीन महिनाको लागि सबै विदेशी सहायता फ्रिज गर्ने निर्णय गरेको थियो । हालै मात्र आफ्नो आपतकालीन खाद्य कोष समाप्त गर्ने घोषणा गरेको थियो ।

उक्त कटौती लागू भएको खण्डमा ‘लाखौं मानिसहरूको लागि मृत्युदण्ड’बराबर अनुमान गरिएको छ । विश्व खाद्य कार्यक्रमका कार्यवाहक कन्ट्री निर्देशक मुटिन्ता चिमुकाले अफगानिस्तान विश्वको दोस्रो ठूलो मानवीय संकटको सामना गरिरहेको अवस्थामा अन्तर्राष्ट्रिय दाताहरूलाई सहयोग गरिरहन आग्रह गरिन् ।

डब्लुएफपीले आगामी महिनाहरूमा भोकमरी विरुद्ध लड्न २० लाख मानिसहरूलाई खाद्य सहायता प्रदान गर्ने योजना बनाएको छ । तर सीमित कोषको कारण पर्याप्त राशन उपलब्ध गराउन नसकिने बताइन् । (सीसीटीभीप्लस)

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved