
हिमालयन लाईफ ईन्स्योरेन्सले व्यतित बीमालेखमा लाग्ने बिलम्ब शुल्कमा छुट दिने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै व्यतित बीमालेख पुनर्जागरण गर्दा बिलम्ब शुल्कमा छुट दिने जनाएको हो ।
जस अनुसार कम्पनीले ३ वर्षसम्म व्यतित अवधि भएको बीमालेख नविकरण गर्दा बिलम्ब शुल्कमा शत प्रतिशत छुट दिने उल्लेख गरेको छ । त्यसैगरी, ३ वर्षदेखि ५ वर्षसम्म व्यतित रहेको बीमालेख नविकरण गर्दा ५० प्रतिशत छुट दिने जनाएको छ । यसैगरी, ५ वर्षदेखि ७ वर्षसम्म व्यतित रहेको बीमालेख नविकरण गर्दा ३५ र ७ देखि माथि अवधि व्यतित रहेको बीमालेख नविकरण गर्दा २५ प्रतिशत छुट दिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यस्तो छुट अफर कम्पनीले माघ २५ गतेसम्म लागु हुनेछ ।
उक्त छुट पाउन कम्पनीले विभन्न सर्तहरु पनि अघि सारेको छ । कम्पनीको शर्त अनुसार यस्तो छुट सुविधा बीमा अवधिभर एक पटक मात्र पाइने छ । त्यसैगरी, उक्त छुट सुविधा प्रयोग गरि नविकरण गरेको बीमालेख २ वर्षभित्र सरेण्डर गरेको खण्डमा नविकरणको गर्दाको छुट रकम कट्टा गर्ने कम्पनीले स्पष्ट पारेको छ ।
कम्पनीको कुनैपनि शाखा र उपशाखामामा गएर व्यतित बीमालेख नविकरण गर्न सकिने जनाइएको छ ।