ह्वात्तै बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 26, 2024 | 10:31:55 AM मा प्रकाशित

laxmi  sunrise bank

आज शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । बिहिबार प्रतितोला १ लाख ३५ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा १४ सय रुपैयाँले बढेर प्रति तोला १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि बढेको छ । आज तेजावी सुन तोलामा १४ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३६ हजार ५ सय ५०  रुपैयाँमा  कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यता, चाँदीको भाउ तोलामा २० रुपैयाँले बढेको छ । बिहिबार चाँदी प्रतितोला १ हजार ६ सय ५५ रुपैयाँमा कारोबार भएकोमा आज प्रति तोला १ हजार ६ सय ७५ रुपैयाँमा कारोबार  भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख १७ हजार ६ सय २५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख १७ हजार १५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १४ सय ३६ रुपैया तोकेको छ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved