नेशनल लाईफको लुम्विनी लक्जरी टुर र रानीमहल भ्रमण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 02, 2024 | 02:14:50 PM मा प्रकाशित

laxmi sunrise bank

मासिक योजना अन्तर्गत तोकिएको लक्ष्य पुरा गर्ने अभिकर्ताहरुलाई नेशनल लाइफले लुम्विनी लक्जरी टुर अन्तर्गत नेपालको प्रसिद्ध स्थल लुम्विनी र पाल्पाको रानी महल भ्रमण गराएको छ ।  कम्पनीका विभागिय प्रमुख, प्रदेश प्रमुख, शाखा  प्रमुखहरु र देशै भरीबाट उत्कृष्ट व्यवसाय गरी योजनामा छनौट हुन सफल भएका करिब ४०० जना भन्दा बढि बरिष्ठ अभिकर्ताहरुले कार्यक्रममा सहभागिता जनाएको कम्पनीले जनाएको छ।

सो अवसरमा कम्पनीका उप प्रमुख कार्यकारी अधिकृत स्मृतीराज कँडेलको सभापतित्वमा सम्मान कार्यक्रमको आयोजना गरी उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ताहरुलाई सम्मान तथा प्रमाण पत्र प्रदान गरिएको थियोे । उप प्रमुख कार्यकारी अधिकृत स्मृती राज कँडलले यस्ता भ्रमण कार्यक्रमबाट देशका विभिन्न क्षेत्रका अभिकर्ताहरु बिच एक आपसमा अन्र्तक्रिया पनि हुने र मनोरञ्जन पनि प्राप्त हुनुका साथै अभिकर्ता समूहको दक्षता अभिबृद्धिमा समेत प्रत्यक्ष लाभ पू¥याउने भएको हुँदा कम्पनीले यस प्रकारको अभिकर्ता योजना ल्याएको र अभिकर्ताहरुको उत्साहजनक उपस्थितीले योजना अत्यन्तै सफल भएको महशुस गरिएको बताईन् ।

कार्यक्रमका सहभागि हरुलाई धन्यवाद ज्ञापन गर्दै बजार विभाग प्रमुख विवेक शर्माले तोकिएको व्यवसायिक लक्ष्य पुरा गर्दै कम्पनीलाई बीमा बजारमा अग्र स्थानमा पु¥याउनका लागि अभिकर्ताहरुको अत्यन्तै महत्वपूर्ण भूमिका हुने भएको हुँदा अभिकर्ता समूहको सल्लाह सुझावमा नै कम्पनीले योजना जारी गर्ने बताए । 

Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved