राष्ट्रिय बीमा कम्पनीको सीईओ नियुक्तिको लागि आवेदन खुलाउने तयारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 05, 2024 | 01:28:47 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय बीमा कम्पनीले प्रमुख कार्यकारी अधिकृत (सीईओ)को आवेदन खुलाउने तयारी थालेको छ । जसकालागि कम्पनीले कार्यविधि समेत बनाइसकेको जनाइएको छ । 

कम्पनीको सञ्चालक समिति सदस्य शंकर राज पाठकको नेतृत्वमा बनेको पदपूर्ति समितिले सीईओको पदपूर्ति सम्बन्धी कार्यविधि बनाईसकेको कम्पनीले जनाएको छ । उक्त समितिमा सञ्चालक द्वय सागर कुमार सिंह र विश्वराज बराल सदस्य छन् । 

पदपूर्ति समितिले केहिदिन अघि नै उक्त कार्यविधि बनाईसकेको र आगामि बोर्ड बैठकमा पेश गर्ने तयारी रहेको पाठकले बिजपाटीलाई जानकारी दिए । उनका अनुसार भोलि मंगलबार कम्पनीको बोर्ड बैठक बस्दै छ । उक्त बैठकमा सो कार्यविधि उपर छलफल हुने एजेण्डा रहेको पाठकले जनाए । उक्त छलफल पश्चात बोर्डबाट कार्यविधि पास भएपछि आवेदन आह्वान गर्ने उनले बताए।

गत मसिंरदेखि उक्त कम्पनी निमित्तको भरमा चलेको छ । गत मङ्सिर ८ गते तत्कालिन सीइओ शेखर बरालले पदबाट राजीनामा दिएका थिए । हाल डीसीईओ सुवास कोइरालालाई निमित्त सीइओको जिम्मेवारी दिईएको छ । 

पद रिक्त रहेको करिब ३ महिना पछि कम्पनीले सीईओको लागि आवेदन खुलाउन लागेको हो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved