२ पुनर्बीमा सहित २२ वटा बीमा कम्पनीको शेयर मूल्य बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 06, 2024 | 03:46:02 PM मा प्रकाशित

laxmi  sunrise bank

मंगलबार २२ वटा बीमा कम्पनीको शेयर मूल्य बढेको छ । सूचिकृत २६ बीमा कम्पनी मध्ये ४ वटा घटेको छ भने २२ वटाको मूल्य बढेको हो । 

१० वटा लाईफ १० वटा ननलाईफ र २ वटा पुनर्बीमा कम्पनीको शेयर मूल्य बढेको छ । त्यसैगरी २ वटा ननलाईफ र २ वटा लाईफ कम्पनीको मूल्य घटेको हो । 

आज लाईफ तर्फ सबैभन्दा धेरै सानिमा रिलायन्स लाईफ ईन्स्योरेन्सको शेयर भाउ बढेको छ । यो कम्पनीको आज २.६६ प्रतिशतले भाउ बढेको हो । त्यसैगरी, नेशनल लाईफको २.४० र हिमालयन लाईफको १.६९ प्रतिशतले शेयर मूल्य बढेको हो । 

यस्तै, ननलाईफ तर्फ सबैभन्दा धेरै युनाईटेड अजोड ईन्स्योरेन्सको ७.४० प्रतिशतले शेयर मूल्य बढेको छ । त्यसैगरी, हिमालयन एभरेष्टको ३.११ र नेपाल ईन्स्योरेन्सको १.३६ प्रतिशत शेयर भाउ बढेको हो । 

पुनर्बीमा तर्फ नेपाल पुनर्बीमाको शेयर मूल्य ४.४७ प्रतिशत र हिमालयन रिको २.८३ प्रतिशतले शेयर मूल्य बढेको हो । 

शेयर मूल्य घटेका ननलाईफमा प्रभु ईन्स्योरेन्स र राष्ट्रिय बीमा कम्पनी रहेको छ भने लाईफ तर्फ सिटिजन लाईफ र लाईफ ईन्स्योरेन्स कर्पाेरेशन रहेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved