१९ हवाइ कम्पनीले ४८ करोड बढी बक्यौता तिरेनन्, सबैभन्दा बढी नेपाल एयरलाइन्सको (सूचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 05, 2023 | 12:38:35 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालका १९ हवाइ सेवा प्रदायक कम्पनीले ४८ करोड बढी बक्यौता तिर्न बाँकी रहेको पाइएको छ । प्लेन र हेलिकप्टर उडाउने कम्पनीले ४८ करोड ८५ लाख ८५ हजार ८२० रुपैयाँ बक्यौता तिर्न बाँकी रहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

शुक्रबार नेपाल एयरलाइन्सको ट्वीनअटर विमानले गुल्मीको रेसुङ्गा विमानस्थलमा व्यवसायिक उडान अगाडीको ‘प्रुभिङ’ उडान गर्ने तयारी गरेको भएपनि बक्यौता बाँकी रहेको देखाउँदै नेपाल नागरिक उड्ययन प्राधिकरणले उक्त उडान अनुमति नदिएपछि अन्य विमान कम्पनीको पनि बाँकी रहेको बक्यौता सार्वजनिक भएको हो ।

जस अनुसार, नेपाल एयरलाइन्सको सबैभन्दा धेरै बक्यौता छ । नेपाल एयरलाइन्सले प्राधिकरणलाई विभिन्न शीर्षकमा बुझाउनुपर्ने ३० करोड ४० लाख ९८ हजार ६ सय रुपैयाँ २१ पैसा बुझाउन बाँकी छ ।

त्यस्तै, नेकोन एयरले ४ करोड ७१ लाख १८ हजार ९ सय ७१ रुपैयाँ ७६ पैसा बक्यौता तिर्न बाँकी छ ।

गुण एयरलाइन्सले ४ करोड ४४ लाख २३ हजार ५१ रुपैयाँ ५५ पैसा, यति एयरलाइन्सले ३ करोड ३६ लाख ३७ हजार २५८ रुपैयाँ १७ पैसा, सीता एयरलाइन्सले १ करोड ७१ लाख ६७ हजार २ सय ६८ रुपैयाँ ४ पैसा र सौर्य एयरलाइन्सले १ करोड ४८ लाख ७७ हजार ७ सय ५० रुपैयाँ ६९ पैसा बक्यौता तिर्न बाँकी छ ।

यस्तै, श्री एयरलाइन्सले ८६ लाख ७८ हजार १७९ रुपैयाँ ९५ पैसा र तारा एयरले ४८ लाख ४ हजार ७ सय ८७ रुपैयाँ २१ पैसा बक्यौता तिर्न बाँकी रहेको प्राधिकरण स्रोतले पुष्टि गरेको छ ।

यसैगरी, हेलि एभरेष्टले ४१ लाख ११ हजार ४८४ रुपैयाँ ३० पैसा, फिस्टेल एयरले ३७ लाख ७९ हजार २१० रुपैयाँ, मनाङ्ग एयरले २० लाख ४४ हजार ८२५ रुपैयाँ ७५ पैसा र मुस्ताङ हेलिकप्टरले १३ लाख ७३ हजार ७१ रुपैयाँ ४५ पैसा बक्यौता बुझाउन बाँकी छ ।

समिट हेलिकप्टरले ११ लाख ३२ हजार १०९ रुपैयाँ १५ पैसा, सांग्रिला एयरले ५ लाख ५१ हजार ८६१ रुपैयाँ ८३ पैसा, हेलि एयरले ४ लाख ३१ हजार ४३१ रुपैयाँ ५७ पैसा, नेपाल एयरवेजले २ लाख १४ हजार ५३५ रुपैयाँ बक्यौता तिर्न बाँकी छ ।

यस्तै, गोमा एयरले ६२ हजार ९९४ रुपैयाँ १० पैसा, हिमालयन हेलिकप्टरले ६१ हजार ५१८ रुपैयाँ ६७ पैसा र मुस्ताङ्ग एयरले १७ हजार ९११ रुपैयाँ ४० पैसा बक्यौता बुझाउन बाँकी छ ।

यी मध्ये केही एयरलाइन्स र हेलिकप्टर कम्पनीहरु हाल सञ्चालनमै छैनन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved