एनआईसी एशिया बैंकद्वारा घातक रोग बीमा वापत ग्राहकलाई २० लाख रकम भुक्तानी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 15, 2022 | 06:47:16 PM मा प्रकाशित

laxmi  sunrise bank

 एनआईसी एशिया बैंकद्वारा घातक रोग बीमा वापत ग्राहकलाई २० लाख रकम भुक्तानी गरेको छ । बैंकले सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत बैंकका विभिन्न शाखामा बचत खाता खोलेका २ जना ग्राहकलाई खातामा उपलब्ध घातक रोग बीमा वापत प्रतिव्यक्ति रु. १० लाखको दरले कुल रु. २० लाख बीमा रकम भुक्तानी गरेको हो ।

 बैंकको नेपालगन्ज शाखामा ‘एम्बेसडर’ श्रेणीको सर्वश्रेष्ठ बचत खाता खोलेका सुजन शाह र तिनचुली शाखामा सोही खाता खोलेका स्व. महेश कपालीको हिताधिकारीहरुलाई बैंकले रकम भुक्तानी गरेको जनाएको छ  । बैंकका अनुसार नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले उक्त बीमा रकम बराबरको चेक हस्तान्तरण गरेका हुन्।

बैंकले सो बीमा रकम नेपाल इन्स्योरेन्ससँगको सहकार्यमा भुक्तानी गरेको हो । बैंकका अनुसार बैंकको बचत खातामा उपलब्ध बीमा सुरक्षण योजना अन्तर्गत हालसम्म देशभरका १,७३३ जना भन्दा बढी ग्राहकलाई घातक रोग बीमा वापत रू. २ करोड ६० लाख, दुर्घटना बीमा वापत रू. ७० लाख र मेडिकल बीमा वापत रू. ३ करोड ३१ लाख गरी कुल रू. ६ करोड ६१ लाख भन्दा बढी बीमा रकम प्राप्त गरिसकेका छन् ।

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved