प्रभु बैंकले ल्यायो बार्षिक १५.१३ प्रतिशत ब्याज दिने योजना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 16, 2022 | 03:16:01 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु बैंक लिमिटेडले आउँदै गरेको बडादशैं, दीपावली तथा छठ पर्वलाई लक्षित गरी नयाँ खाता योजना ल्याएको छ ।  बैंकका अनुसार विदेशमा दुःख गरी आर्जन गरेको पैसा स्वदेशमा विप्रेषण गरी बैंक खातामा निक्षेपको रुपमा जम्मा गर्दा प्रभु उन्नती मुद्धती खातामा बार्षिक १५.१३ प्रतिशत र प्रभु उन्नती बचत खातामा बार्षिक १०.१३ प्रतिशत ब्याजदर प्रदान गरिने  छ ।  

उक्त ब्याजदरले विदेशमा आर्जन गरेको पैसाले उचित प्रतिफल पाउने र विप्रेषणको माध्यमबाट औपचारिक रुपमै नेपालमा भित्रिन पे्ररणा प्रदान गरी देशको आर्थिक विकासमा टेवा पुग्ने विश्वास बैकले लिएको जनाएको छ । 

बैंकका अनुसार यो योजना आगामी असोज ०१, २०७९ देखि लागु हुनेछ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved