घर किन्न नबिल बैंकले ७० प्रतिशत सम्म कर्जा दिने, रङरोगनलाई पनि उपलब्ध

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 18, 2022 | 04:17:29 PM मा प्रकाशित

laxmi  sunrise bank

नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गर्दै नबिल बैंकले ‘दशैं तिहार घर कर्जा धमाका’ नामक आवास कर्जा योजना ल्याएको छ । यस योजना अन्तर्गत बैंकले आकर्षक ब्याजदरका साथ प्रशासनिक शुल्कमा छुट तथा नि.शुल्क क्रेडिट कार्ड योजना ल्याएको जनाएको छ । 

यस आवास कर्जा घर खरिद, घर निमार्ण, तल्ला थप, रंग रोगनका लागि उपलब्ध रहेको बैंकले जनाएको छ । बैंकका अनुसार पहिलो घर खरिदकर्ताका लागि घरको मुल्याङ्कनको ७० प्रतिशत सम्म कर्जा लिन सक्ने प्रावधान रहने र सामान्य अवस्थामा ६० प्रतिशत सम्म कर्जाको व्यवस्था गरिएको छ ।

३५ वर्ष सम्मकोे कर्जा अवधि सुविधा भएको यस आवास कर्जामा सरल र सानो किस्ताबाट विस्तारै कर्जा चुक्ता गर्ने सुविधा पनि रहेको बैंकले जनाएको छ। यो योजना सिमित अवधिका लागि ल्याइएको बैंकले प्रष्ट पारेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved