हिमालयन बैंकको न्यूरोड शाखामा क्यास डिपोजिट काउण्टर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 18, 2022 | 07:15:06 PM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन बैंकले भाद्र २७ देखि न्यूरोड शाखामा क्यास डिपोजिट मेशिन संचालनमा ल्याएको छ । यस मेशिनबाट सेवाग्राहीले कुनै पनि समयमा कुनै झंझट बिना नै खातामा रकम जम्मा तथा झिक्न सक्ने छन् । 

सो मेसिनबाट रकम जम्मा गर्दा बिना एटिएम कार्ड नै सिधा खाता नम्बर प्रविष्ट गरी जम्मा गर्न सकिन्छ । 

मेसिनबाट जम्मा गरिएको सो रकम तत्कालै खातामा जम्मा हुनेछ जसले गर्दा खातावालाले तुरुन्तै कारोबार गर्न सक्नेछन् । हिमालयन बैंकको यस सुबिधाले बैंकका ग्राहकहरुलाई बंैकिङ्ग कारोबारको समय अघि–पछि पनि थप सुबिधा मिल्ने बंैकको विश्वास छ । 

हाल बैंकले नेपाल भरि फैलिएको कूल ७४ शाखा, ५ विस्तारित काउन्टर, १५४ एटिएमबाट सेवा दिँदै आएको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved