खल्तीमा राष्ट्रिय वाणिज्य बैंक खाता लिंक गर्दा स्मार्टफोन जित्ने अवसर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 20, 2022 | 10:11:36 AM मा प्रकाशित

laxmi  sunrise bank

खल्तीले राष्ट्रिय वाणिज्य बैंक खाता खल्तीमा लिङ्क गरि पहिलो भुक्तानी गर्ने प्रयोगकर्ताहरूलाई १०० बोनस अफर ल्याएको छ। साथै, यस अफर अवधिमा एक भाग्यशाली प्रयोगकर्ताले स्मार्टफोन जित्ने मौका पनि रहेको छ।

यो बोनस अफर राष्ट्रिय वाणिज्य बैंक खाता खल्तीमा पहिलो पटक लिङ्क गरि पहिलो भुक्तानी गर्ने कुनै पनि प्रयोगकर्ताका लागि लागू हुनेछ। साथै यस अफरमा सहभागी भएका मध्ये एक भाग्यशाली प्रयोगकर्ताले स्मार्टफोन जित्नेछन्। यो अफर असोझ ३१ सम्म लागू हुनेछ। खल्ती मा बैंक लिङ्क गर्न भने प्रयोगकर्ताले आफ्नो केवाईसी  प्रमाणित गरेको हुनुपर्नेछ।

यस बाहेक आफ्नो बैंक खाता लिङ्क गर्ने प्रयोगकर्ताहरूले खल्ती प्रयोग गरी केही ट्यापहरू मार्फत उपलब्ध इन्टरनेट, फ्लाइट, पानी, बिजुली र सरकारी राजस्व जस्ता बिलहरूको प्रत्यक्ष भुक्तानी गर्न सक्नेछन। 

अफरको बारेमा खल्ती डिजिटल वालेटका प्रमुख कार्यकारी निर्देशक बिनय खड्का भन्छन, “यस अफर मार्फत हामी प्रयोगकर्ताहरूलाई डिजिटल भुक्तानी गर्ने बानी बसाल्न प्रोत्साहित गर्न चाहन्छौं। उपभोक्ताहरूले अब पैसा पुनस् लोड गर्ने समस्याको सामना गर्नुपर्दैन। खल्ती क धेरै प्रयोगकर्ताहरुले यो सेवा मन पराउँछन् किनभने यसले उनीहरूलाई एक लिङ्क गरिएको बैंकबाट अर्कोमा सेकेन्डमा पैसा पठाउन सहज गर्दछ।”

खल्तीले नेपालको फिनटेक उद्योगमा आफूलाई युवा, प्रचलित र नवीन ब्रान्डको रूपमा स्थापित गरेको छ। करिब ६ वर्षको अवधिमा खल्ती डिजिटल वालेटको ६० हजारं एजेन्ट नेटवर्कको साथमा देशभर २३ लाखभन्दा बढी प्रयोगकर्ताहरू छन्। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved