७ दिनमा ४१ अर्बले बढ्यो कमर्शियल बैंकको निक्षेप, कर्जा लगानीमा सामान्य वृद्धि

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 20, 2022 | 04:08:00 PM मा प्रकाशित

laxmi  sunrise bank

एक सातामा कमर्शियल बैंकहरुको निक्षेप उल्लेख्य रुपमा वृद्धि भएको छ भने कर्जा लगानी पनि बढेको छ। कमर्शियल बैंकका सीइओहरुको छाता संगठन नेपाल बैंकर्स संघ, एनबिए का अनुसार एक हप्तामा कमर्शियल बैंकको निक्षेप ४१ अर्बले बढेको छ भने कर्जा लगानी २ अर्बले बढेको छ। 

भदौ २४ गतेदेखि भदौ ३१ गतेसम्म बैंकहरुको निक्षेप ४१ अर्बले बढेर ४४ खर्ब ४५ अर्बबाट ४४ खर्ब ८६ अर्ब पुगेको छ। त्यस्तै कर्जा लगानी पनि २ अर्बले बढेर ४१ खर्ब ८८ अर्बबाट ४१ खर्ब ९० अर्ब पुगेको छ। 

चाडपर्व नजिकिदै गर्दा बैदेशिक रोजगारीमा गएकाले रेमिट्यान्स पठाउने क्रम बढेको र बैंकिंग प्रणालीमा विस्तारै निक्षेप जम्मा हुन थालेकाले एक सातामै ४१ अर्बले निक्षेप बढेको जानकारहरु बताउँछन।  


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved