इलेक्ट्रिक गाडी किन्न नबिल बैंकले तत्काल ऋण दिने, ईभी एक्सपोमा स्टल पनि राख्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 20, 2022 | 06:22:00 PM मा प्रकाशित

laxmi  sunrise bank

नबिल बैंकले चाडपर्वलाई लक्षित गर्दै इलेक्ट्रिक गाडी कर्जाको विशेष योजना ल्याएको छ । 

बैंकले यही असोज ६ गते देखि असोज ९ गतेसम्म भृकुटीमण्डप, काठमाडौंमा आयोजना हुन गइरहेको नाडा ईभी एक्सपोमा सहभागी हुुँदै आफ्ना ग्राहकलाई निःशुल्क क्रेडिट कार्ड तथा ऋण प्रसाशनिक शुुल्कमा विशेष छुट उपलब्ध गराउन लागेको हो । 

वातावरण तथा दिगो विकासका लागि विद्युतीय सवारीसाधनको आवश्यकता रहेकोले यस्तो  आकर्षक अफर ल्याएको बैंकले जानकारी गराएको छ । 

यस नाडा ईभी एक्सपो अन्तर्गत बैंकको स्टल नं. जी–१२ मा ग्राहकलाई तत्काल ऋण मुुल्यांकन गरी कर्जा स्वीकृती पत्र शर्तहरु लागु हुने गरी प्रदान गर्ने सुविधा ल्याएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved