
प्रभु बैंकका ग्राहकहरुले होलीडे क्याम्पमा छुट पाउने भएका छन् । प्रभु बैंक र कोबाङ्ग, थासाङ्ग स्थित होलीडे क्याम्प बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको हो ।
सम्झौतामा बैंकका तर्फबाट जोम्सोम क्षेत्र प्रमुख नरेन्द्र थकाली र होलीडे क्याम्पका तर्फबाट प्रोप्राइटर राजु गौचनले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका ग्राहकहरुले होलीडे क्याम्पद्धारा सञ्चालित “फुड”, “वेभरेज” र “लजिङ्ग” सेवामा १० प्रतिशत छुट प्राप्त गर्ने छन् ।
सम्झौता अन्तर्गत होलीडे क्याम्पमा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहकहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, होलीडे क्याम्पका उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको बैंकले जनाएको छ ।