गतसाता बैंकहरुको निक्षेप ८ अर्बले घट्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 12, 2022 | 05:17:44 PM मा प्रकाशित

laxmi  sunrise bank

गत साता वाणिज्य बैंकहरुको निक्षेप तथा कर्जा घटेको छ । कमर्शियल बैंकका सीइओहरुको छाता संगठन नेपाल बैंकर्स संघ, एनबिएका अनुसार एक हप्तामा कमर्शियल बैंकको निक्षेप ८ अर्बले घटेको छ भने कर्जा लगानी ४ अर्बले घटेको छ। 

असोज १४ गतेदेखि असोज २१ गतेसम्मको अवधिमा बैंकहरुको निक्षेप ४५ खर्ब १९ अर्बबाट ८ अर्बले घटेर ४५ खर्ब ११ अर्ब पुगेको छ। त्यस्तै कर्जा लगानी पनि ४ अर्बले घटेर ४१ खर्ब ९७ अर्बबाट ४१ खर्ब ९३ अर्ब पुगेको छ।  

दशैँको समयमा रकम बैंकिंग प्रणालीबाट बाहिर जाँदा निक्षेप घटेको बैंकहरुले बताएका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved