सर्वोच्चमा दायर गभर्नर महाप्रसाद अधिकारीको मुद्दाको आजको पेशी पनि स्थगित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 13, 2022 | 11:16:42 AM मा प्रकाशित

laxmi  sunrise bank

सर्वोच्च अदालतमा विचाराधीन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको मुद्दाको आजको लागि तय भएको पेशी स्थगित भएको छ ।  अधिकारीको मुद्दाको पेशी आज असोज २७ गतेको लागि तोकिएको थियो । तर उक्त मुद्दा स्थगित भएको मुद्दाको सूचीमा राखिएको छ ।

हाल गभर्नर अमेरिकामा भएकोले पेसी स्थगित भएको बताईएको छ । संयुक्त राज्य अमेरिकाको वासिङ्टन डि.सी.मा आयोजना हुने विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वार्षिक बैठकमा भाग लिन गभर्नर अमेरिका गएका हुन्।  

 यस अघि भदौ २ गते अन्तिम बहस हुने गरि पेशी तोक्ने उल्लेख थियो । तर त्यस दिन उक्त मुद्दाको पेशी स्थगित भएपछि सर्वोच्च अदालतले असोज २७ गतेको लागि पेशी तोकेको थियो । आज पनि मुद्दाको पेशी स्थगित भएपछि अब अदालतले अन्तिम बहसको लागि अर्को मिति तोक्ने छ ।

यस अघि अदालतले गभर्नर कै पक्षमा अन्तरिम आदेश जारी गरेको थियो । यस मुद्दामा बैशाख ६ गते न्यायधिश हरि प्रसाद फुयालको एकल इजलाशले गभर्नरलाई निलम्बन गर्ने निर्णयबारे कारण देखाउ आदेश जारी गर्दै  अल्पकालिन अन्तरिम आदेश जारी गरि दुवै पक्षलाई छलफलमा बोलाएको थियो । 

त्यस्तै बैशाख १६ गते न्यायधिश सपना मल्ल प्रधान र टंकबहादुर मोक्तानको संयुक्त इजलाशले बैशाख ६ गतेको एकल इजलासले जारी गरेको अन्तरिम आदेशलाई निरन्तरता दिदै अन्तरिम आदेश जारी गरेको थियो  । अदालतले यस मुद्दाको अन्तिम किनारा नलाग्दासम्म गभर्नरमाथि जाँचबुझ गर्ने निर्णय कार्यान्वयन नगर्नु नगराउनलाई सरकारको नाममा अन्तरिम आदेश दिएको थियो । त्यस्तै गभर्नरलाई पदीय जिम्मेवारी गर्नमा कुनै बाधा नपुर्याउन पनि अदालतले आदेश दिएको थियो  । सोहि आदेश अनुसार गभर्नरले काम गरिरहेका छन्  ।

त्यसपछि भने यो मुद्दा पटक पटक स्थगित हुदै आएको छ भने पेशी तोकिएको बेलामा हेर्न नभ्याईनेमा पर्दै आएको छ । 

सरकारले आफूमाथि गैरकानूनी तरिकाले छानविन समिति गठन गरेर निलम्बन गरेको भन्दै गभर्नर अधिकारीले बैशाख ५ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved