रकम हिनामिना भएको घटनानाबारे यसो भन्छ माछापुच्छ्रे बैंक, पिडित भएको भए उजुरी दिन आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 15, 2022 | 10:06:52 AM मा प्रकाशित

laxmi  sunrise bank

आफ्नो शाखा रहित ग्राहक सेवा केन्द्र बाट रकम हिनामिना भएको घटनाबारे माछापुच्छ्रे बैंकले आधिकारिक धारणा सार्वजनिक गरेको छ । विभिन्न संचारमाध्यममा ग्रहाकहरुले बैंकमा रकम जम्मा गरेको भौचर भएको तर बैंकमा पैसा नभएको गुनासो गरेको समाचार प्रकाशन भएको थियो 

बैंकले उक्त समाचारहरु बारे आफ्नो ध्यानाकर्षण भएको भन्दै आधिकारिक धारणा सार्वजनिक गरेको हो । बैंकका अनुसार बैंकले रुपन्देही जिल्ला, समरीमाई गाउँपालिका, वडा नं. ५, रोइनिहवा र लुम्बिनी सांस्कृतिक न.पा., वडा नं. २, मुजहानामा स्थानीय सर्वसाधारणहरुलाई सर्व सुलभ तरिकाले बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले तोकिएको शर्तहरुको अधिनमा रही शाखारहित ग्राहक सेवा केन्द्र (बिएलबि माफत सीमित बैंकिङ सेवा प्रदान गर्ने उद्देश्य सहित क्रमश: निरन्जन पाठक र सिकन्द्र ठाकुर व्यबसायिक प्रतिनिधी नियुक्त भई कारोबार भई आएको थियो । 

तर निरीक्षणको क्रममा उक्त ग्राहक सेवा केन्द्रको प्रतिनिधिहरुबाट भएको कार्यमा कैफियत देखिए पछि उक्त सेवा बन्द गरिएको बैंकले जनाएको छ । उक्त सेवा केन्द्रका प्रतिनिधिहरुले विभिन्न व्यक्तिहरुबाट बुझिलिएको रकम रियल टाईममा रकम जम्मा हुने र सिस्टम मार्फत नै भौचर (रिसिप्ट) प्रिण्ट भई निक्षेपकर्तालाई सोही भौचर प्रदान गर्नुपर्नेमा निज प्रतिनिधिहरुले बैंक भौचरको अनाधिकृत प्रयोग गरी विभिन्न व्यक्तिहरुलाई हस्तलिखित भौचर प्रदान गर्ने र बैंकको अनलाईन सिस्टम मार्फत रकम जम्मा नै नगरी आफै रकम राख्ने गरेको कार्य कानून विपरित रहेकोमा निज प्रतिनिधिहरु विरुद्ध जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा लिखित उजुरी समेत दिईसकेको बैंकले जनाएको छ।

निज प्रतिनिधिहरुले विभिन्न व्यक्तिहरुबाट बुझिलिएको भनिएको रकम आफैले खाए मासेको व्यवहोरा लिखित रुपमा नै स्वीकार गरी सकेको र निज प्रतिनिधिहरुले ग्राहकको रकम व्यक्तिगत हैसियतमा दुरुपयोग गरे उपर निज प्रतिनिधिहरु स्वयं जिम्मेवार हुने बैंकले जनाएको छ। सो सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालय मार्फत आवश्यक कानूनी प्रकृया शुरु भईसकेको जानकारी गराउँदै बैंकले उक्त कार्यबाट पिडित भएको भए सम्बन्धित प्रहरी कार्यालयबाट उपचारका प्रकृयामा सहभागि हुन आग्रह गरेको छ ।

के भन्छन् प्रतिनिधि ?

बैंकका व्यवस्थापक सिकन्दर ठाकुरले आफूबाट गल्ती भएको स्वीकार्दै सेवाग्राहीको बाँकी रकम छिट्टै व्यवस्थापन गर्ने बताए । उनले भने, “मैले निजी प्रयोजनमा सेवाग्रहीको रकम खर्च नगरे पनि व्यावहारिक हिसाबले लेनदेन गरेको छु । म भागेको छैन र भाग्ने पनि छैन, मसँग व्यक्तिगत सम्पत्ति छ, आफ्नो घरजग्गा बिक्री गरेर भए पनि सेवाग्राहीको पैसा चुक्ता गर्छु ।” सेवाग्राहीको दाबी सबै सत्य नभएको र एक करोड ३२ लाख मात्र अनियमित भएको उनको भनाइ छ ।

त्यसैगरि बैंकका एजेन्ट निरञ्जन पाठकले भने, “यस क्षेत्रमा बैंकिङ सुविधा नभएका बखत २०७५ सालमा बैंककै कर्मचारी र स्थानीयवासीको आग्रहमा शाखारहित कार्यालय सञ्चालन भएको हो, मैले नै सम्झौता गरेको हुँ तर कोभिडको समयदेखि मसँग कुनै सम्झौता भएको छैन ।” एजेन्ट पाठकले व्यवस्थापकले गल्ती गरेकाले  सेवाग्राहीको पैसा तिर्नुपर्ने बताए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved