बैंक अफ काठमाण्डूको अफर: चाडबाडमा २५ प्रतिशतसम्म नगद फिर्ता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 17, 2022 | 05:56:08 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंक अफ काठमाण्डूले तिहारलाई लक्षित गर्दै नगद फिर्ता योजना सार्वजनिक गरेको छ । मोबाईल बैंकिङ्गबाट क्यूआर स्क्यान गरी विधुतिय भुक्तानी कारोबार  गर्न थप प्रोत्साहित गराउने प्रयोजनले २५% सम्मको नगद फिर्ता योजना सार्वजानिक गरिएको बैंकले जनाएको छ ।

बैंकका अनुसार  यस नगदफिर्ता योजना यहि २०७९ साल कार्तिक १ गते मंगलबारबाट २०७९ साल कार्तिक ६ गते आइतबारसम्म मात्र रहने छ । यस योजना अन्तर्गत बैंकको मोबाईल बैंकिङ्ग मार्फत प्रथम पटक क्यूआर स्क्यान गरी कारोबार गर्ने ग्राहकहरुले मात्र नगदफिर्ता पाउने बैंकले जनाएको छ । उक्त नगदफिर्ता योजना अन्र्तगत बैंकको मोबाईल बैंकिङ्ग प्रयोगकर्ताले नगदफिर्ताको लागि योजना अवधिको प्रथम कारोबार रकमको २५% वा रु. १५० सम्मको नगदफिर्ता पाउने बैंकले उल्लेख गरेको छ । बैंकले यस योजनाबाट समग्र विधुतिय कारोबारमा वृद्धि हुने विश्वास लिएको जनाएको छ । 

बैंकले १०३ शाखा कार्यालयहरु, ९८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट  सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved