प्रभु बैंकका ग्राहकलाई बैना दोहोरी साझँ एण्ड मार्सी भान्छा घरमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 17, 2022 | 07:06:07 PM मा प्रकाशित

प्रभु बैंकका ग्राहकहरुले बैना दोहोरी साझँ एण्ड मार्सी भान्छा घरमा छुट पाउने भएका छन्  । प्रभु बैंक र न्युरोड, पोखरा स्थित बैना दोहोरी साझँ एण्ड मार्सी भान्छा घर प्रा.लि बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

बैंकका तर्फबाट बगर शाखा कार्यालय प्रमुख अर्जुन शर्मा र बैना दोहोरी साझँ एण्ड मार्सी भान्छा घर प्रा.लि का तर्फबाट निर्देशक गोविन्द बहादुर घर्ती मगरले सम्झौतामा हस्ताक्षर गरेका छन् । प्रभु बैंक र उक्त रेस्टुरेण्टबिच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका सम्पूर्ण ग्राहकले बैना दोहोरी साझँ एण्ड मार्सी भान्छा घर प्रा.लि द्धारा सञ्चालित “फुड”,“वेभरेज” र “दोहोरी” सेवामा १० प्रतिशत छुट प्राप्त गर्ने छन्।

उक्त सम्झौता अन्तर्गत बैना दोहोरी साझँ एण्ड मार्सी भान्छा घर प्रा.लि मा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहकहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, बैना दोहोरी साझँ एण्ड मार्सी भान्छा घर प्रा.लि का उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको बैंकले जनाएको छ ।

यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहक महानुभावहरु लाभान्वित हुनुहुनेछ भन्ने बैंकले विश्वास लिएको छ । 


Share Your Thoughts

Recent News


Main News



TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved