सानिमा बैंकले हरितगृह ग्यास उत्सर्जनको गणना, समिक्षा र लेखाङ्कन गर्ने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 20, 2022 | 12:32:41 PM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा बैंकले आफ्नो वित्तिय गतिविधिबाट भएको हरितगृह ग्यास उत्सर्जनको गणना, समिक्षा र लेखाङ्कन गर्ने भएको छ । बैंकले 'पार्टनरसिप फर कार्बन एकाउन्टिङ फाइनान्सियल्स (पिसीएएफ) सँगको साझेदारीको आफ्नो वित्तिय गतिविधिबाट भएको हरितगृह ग्यास उत्सर्जनको गणना, समिक्षा र लेखाङ्कन गर्ने भएको हो ।

पिसीएएफ विश्वभर रहेका विभिन्न वित्तीय संस्थाहरुले आफुले प्रवाह गर्ने ऋण र लगानीद्वारा उत्सर्जन हुने हरितगृह ग्यासको हार्मनाइज रुपमा लेखाङ्कन, मूल्याङ्कन तथा डिस्क्लोजर गरी प्रकाशन गर्ने वित्तीय संस्थाहरुको सहकार्य हो । पिसीएएफमा विश्वभर छ वटा महादेशका ३०० भन्दा बढी वित्तीय संस्थाहरूकोे सहकार्य भैसकेको बैंकले जनाएको छ । साथै, उत्तर अमेरिका, ल्याटिन अमेरिका, युरोप, अफ्रिका र एशिया प्रशान्तमा पनि तिव्र रुपमा विस्तार भइरहेको छ ।

सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेज्यूले यस साझेदारीबाट सानिमा बैंकले प्रदान गरेका कर्जाका क्षेत्रहरुबाट उत्सर्जन हुने हरितगृह ग्यासको बैज्ञानिक तवरले मापन गर्ने हुनाले भविष्यमा दिगो वित्तीय गतिविधि गर्नका लागि टेवा पु¥याउने कुरा बताए । 

सानिमा बैंकको सातै प्रदेशमा १२९ वटा कार्यालयहरु र १२२ एटिएमहरु संचालनमा रहेका छन् ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved