२ वर्षमा विदेशीले लगे ४२ अर्ब नगद

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 20, 2022 | 08:48:17 PM मा प्रकाशित

laxmi  sunrise bank

दुई वर्षको अवधिमा नेपालबाट विदेशी लगानीकर्ताले झन्डै ४२ अर्ब नगद लाभांश लगेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष ७७/७८ र ७८/७९ मा गरि कुल ४१ अर्ब ८२ करोड ६० लाख बराबरको नगद लाभांशको रुपमा बाहिरिएको हो 

जस मध्ये २६ अर्ब ७ करोड ६६ लाख आर्थिक वर्ष ७७/७८ मा बाहिरिएको हो भने आर्थिक वर्ष ७८/७९ मा १५ अर्ब ७५ करोड १ लाख बाहिरिएको हो । आर्थिक वर्ष ७७/७८ को तुलनामामा आर्थिक वर्ष ७८/७९ मा ३९.६ प्रतिशत कम रकम बाहिरिएको हो 

राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष ७७/७८ मा ३८ व्यक्ति तथा संस्थालाई नगद लाभांश बाहिर लैजान स्वीकृति दिइएको थियो भने ७८/७९ मा ४५ व्यक्ति तथा संस्थालाई स्वीकृति दिइएको हो । त्यस्तै आर्थिक वर्ष ७७/७८ मा विदेशी लगानीकर्ताले आफ्नो स्वामित्वको शेयर बिक्रि गरेर ४१ करोड १० लाख लगेका छन् भने आर्थिक वर्ष ७८/७९ मा उनीहरुले आफ्नो स्वामित्वको शेयर बिक्रि गरेर ७८ करोड ६२ लाख लगेका छन् । 

एनसेल, सूर्य नेपाल, हिमाल पावर, वरुण बेभरेज, मणिपाल एजुकेशन, स्ट्याण्डर्ड चार्टर्ड बैंक, नेपाल एसबिआई बैंक, हिमालयन बैंक, एनएमबि बैंक लगायतका लगानीकर्ताले लाभांश वापतको ठूलो रकम लैजाने गरेका छन् 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved