माछापुच्छ्रे बैंकको अध्यक्षमा डा. उपेन्द्र महतो नियुक्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 29, 2022 | 09:13:40 AM मा प्रकाशित

laxmi  sunrise bank

माछापुच्छे बैंकको अध्यक्षमा डा. उपेन्द्र महतो चयन भएका छन्।  सोमबार बसेको बैंकको ४७२ औ संचालक समितिको बैंठकले डा. उपेन्द्र महतोलाई संचालक समितिको अध्यक्षमा नियुक्त गरेको हो ।

बैठकले बैंकका निर्वतमान  अध्यक्ष डा. विरेन्द्र महतोले दिएको राजीनामा स्वीकृत गर्दै डा. उपेन्द्र महतोलाई नयाँ अध्यक्षमा चयन गरेको हो । डा. उपेन्द्र महतो गैर आवासिय संघका संस्थापक अध्यक्ष समेत हुन् । 

बैंकका निर्वतमान अध्यक्ष डा. विरेन्द्र महतो सांसद चुनिएपछि उनले बैंकको अध्यक्षबाट राजिनामा दिएका हुन् । सिरहा-४ बाट जनता समाजवादी पार्टीका उम्‍मेदवार बिरेन्द्र प्रसाद महतो प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। निकटतम् प्रतिस्पर्धी जनमत पार्टीका वीरेन्द्र प्रसाद साहलाई ७ हजार ८०८ मतान्तरले हराउँदै महतो निर्वाचित भएका हुन् । जसपाका महतोले २४ हजार १०२ मत पाउँदा जनमत पार्टीका साहले १६ हजार २९४ मत ल्‍याएका थिए। यस्तै एकीकृत समाजवादी पार्टीका धर्मनाथ प्रसाद साहले १४ हजार ६५३ मत, राष्ट्रिय स्वतन्त्र पार्टीका १ हजार ६८३ मत र राष्ट्रिय प्रजातन्त्र पार्टीका नगीना कुमारी झाले १ हजार ७३ मत ल्याएका थिए।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved