सानिमा बैंकका ग्राहकले यी १४ मर्चेन्टहरुमा २० प्रतिशतसम्म छुट पाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 30, 2022 | 05:57:25 PM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा बैंकले डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न १४ वटा मर्चेन्टहरुसंग छुटको व्यवस्था गरेको छ । उक्त व्यवस्था अन्तर्गत सानिमाको भिसा डेबिट/क्रेडिट कार्ड र सानिमा मोबाइल बैंकिङ्ग एप प्रयोगकर्ताहरुले डिजिटल भुक्तानी गरी विभिन्न मर्चेन्टहरुको वस्तु/सेवाहरुको खरिदमा विशेष छुट पाउने भएका हुन्।

बैंकले कुलेश्वर चिकेन स्टेशन, गणपती पोलिक्लिनिक प्रा.लि., द पनाछें विउटी स्टुडियो एण्ड ट्रेनिङ्ग सेन्टर र टाइमलेस मोमेन्टस् होटलसँग छुट सम्बन्धमा सम्झौता गरेको हो। त्यस्तै, आवरण स्किन क्लिनिक प्रा.लि., यारा बेकरी, कोर्डिस हेल्थ केयर क्लिनिक, केबिज पिज्जेरिया, द डेन्टिस्ट प्रा.लि., तुसाल मल्टि भेन्यू प्रा.लि., अन्नपूर्ण चिया हब, किंग्स प्यालेस प्रा.लि., भक्तपुर इन्टरनेसनल हस्पिटल र जर्मन होम्स हस्पिटालिटी  गरी १४ वटा मचेन्टहरुसंग २० प्रतिशत सम्मको छुटको व्यवस्था गरेको जनाएको छ ।

बैंकले ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम् प्रयोग गर्न प्रोत्साहन गर्दै आएको जनाएको छ। बैंकका अनुसार छुटको विस्तृत विवरण बैंकको वेबसाइट मा उपलब्ध छ ।

सानिमा बैंकको देशको सातै प्रदेशमा १३० वटा कार्यालयहरु तथा १२३ वटा ए.टि.एम.हरु संचालनमा रहेका छन् । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved