चालुपुँजी कर्जा मार्गदर्शनमा छलफल गर्न राष्ट्र बैंक तयार छ : गभर्नर अधिकारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 01, 2022 | 12:41:43 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालुपुँजी कर्जा समबन्धि मार्गदर्शनमा संशोधन गर्न सकिने बताएका छन् । काठमाडौँमा आयोजित एक कार्यक्रममा उनले खुला बहसको लागि राष्ट्र बैंक तयार रहेको बताएका हुन् ।

चालुपुँजी मार्गदर्शनमा निजि क्षेत्रको अशन्तुष्टी रहेको देखिएकोले यसबारे थप छलफल गर्न सकिने बताएका हुन् । यद्यपि उनले यो मार्गदर्शन पर्याप्त छलफल गरेर नै लागु गरेको बताए । २०७८ पुस १५ गते मस्यौदा सार्वजनिक गरेको, २०७९ भदौमा जारी गरेको २०७९ कार्तिक १ गतेदेखि लागु गरिएको उनले बताए । यस अवधिमा आवश्यकता अनुसार संशोधन गरिएको पनि उनले बताए ।

साथै यसको कार्यन्वयनमा केहि समस्या भए बैंकहरुसँग ति कठिनाईहरु पनि माग गरिएको उनले बताए । यस मार्गदर्शनको मुख्य उदेश्य भनेको नै ऋणको सहि ठाउँमा सदुपयोग होस् भन्ने नै रहेको उनले बताए । उनले बैंक पनि अनुशासनमा बस्नु पर्ने र ऋणीले पनि जे प्रयोजनको लागि भनेर ऋण लिएको हो , सोहि ठाउँमा नै प्रयोग गरोस् भन्ने नै मार्गदर्शनको उदेश्य रहेको उनले बताए ।

उनले बढेको ब्याजदर बजारले नै करेक्सन गर्ने उनले बताए । त्यस्तै उनले अर्थतन्त्र सुधारोन्मुख भएको बताए । उनले विदेशी मुद्रा सञ्चिति बढ्दै गएको र समस्या समाधान भइरहेको बताए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved