कर्मचारी सुरक्षण कोषमा रहेको रकम लगानी गर्दै राष्ट्र बैंक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 07, 2023 | 04:51:18 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले अवकाश कोष अन्तर्गत रहेको कर्मचारी सुरक्षण कोषमा रहेको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ। बैंकले २४ करोड रकम बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपमा राख्न लागेको हो।

राष्ट्र बैंकले क वर्गमा वाणिज्य बैंकमा १९ करोड २० लाख, ख वर्गका विकास बैंकमा ३ करोड ६० लाख तथा ग वर्गका फाइनान्स कम्पनीमा १ करोड २० लाख लगानी गर्न लागेको हो । राष्ट्र बैंकले आफुले लिन चाहेको रकम र दिन सक्ने ब्याज सहित प्रस्ताव पेश गर्न आग्रह गरेको छ ।

राष्ट्र बैंकले माघ २६ गते बेलुकासम्म रकम र ब्याजदर प्रस्ताव गर्न आग्रह गरेको छ । राष्ट्र बैंकले यो रकम २०७९ फागुन ५ गतेदेखि २०८० फागुन ५ गतेसम्म मुद्दती निक्षेपमा राख्ने उल्लेख गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved