निफ्राले ब्याज खाने गरि अरु बैंकमा निक्षेप राख्न पाईरहने, यस्तो छ नयाँ व्यवस्था

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 09, 2023 | 07:53:46 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्फ्रास्ट्रकचर बैंक निफ्रालाई अन्य संस्थामा निक्षेपको रुपमा ब्याज खाने गरि रकम राख्ने बाटो खुलेको छ। यस अघि स्थापना भएको ४ वर्षसम्म मात्र निक्षेप राख्न सकिने ब्यबस्था भएकोमा नेपाल राष्ट्र बैंकले एकिकृत निर्देशन जारी गर्दै पाचौ वर्षमा पनि  निक्षेप राख्न सकिने ब्यबस्था गरेको हो 

जस अनुसार बैंक निफ्राले कारोबार सञ्चालनभएको मितिले बढीमा ४ वर्षसम्म सबै प्रकारका स्रोतलाई र तत्पश्चात निक्षेप बाहेक संकलन भएको स्रोतलाई संकलन गरेको वर्ष संकलित स्रोतको ७५ प्रतिशतसम्म, दोश्रो वर्ष ५० प्रतिशतसम्म र तेश्रो वर्ष २५ प्रतिशतसम्म प्रतिस्पर्धाको माध्यमबाट बैंक तथा वित्तीय संस्थाहरुमा ब्याज प्राप्त हुने गरी प्रत्येक संस्थामा बढीमा रु. १ अर्बको सीमामा नबढ्ने गरी निक्षेप जम्मा गर्न सक्ने छ ।

नेपाल राष्ट्र बैंकले आज पूर्वाधार विकास बैंकको हकमा यस्तो निर्देशन जारी गरेको हो ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved