बैंकहरु मर्जमा जाँदा वित्तीय विवरण तयार पार्नको लागि नयाँ व्यवस्था लागु, लाभांश वितरणमा कडाई

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 09, 2023 | 08:13:32 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले गाभिने तथा प्राप्तिमा जाने बैंक वित्तीय संस्थाको लेखाङ्कन सम्बन्धमा नयाँ व्यवस्था गरेको छ। राष्ट्र बैंकले आज एकिकृत निर्देशन जारी गर्दै नयाँ व्यवस्था गरेको हो । 

जस अनुसार अब दुई वा दुईभन्दा बढी संस्थाहरु एक आपसमा गाभिई वा एक संस्थाले अर्को संस्थालाई प्राप्ति गर्दा गाभ्ने वा प्राप्ति गर्ने संस्थाले गाभिने वा प्राप्ति हुने संस्थाको सम्पत्ति, दायित्व तथा इक्विटीको लेखाङ्कन गर्दा देहाय बमोजिम गर्नुपर्नेछ ।

१. गाभिने तथा प्राप्ति सम्बन्धी लेखाङ्कन गर्दा NFRS 3 नेपाल चार्टड Business Combination तथा एकाउन्टेन्ट्स संस्थाले मिति २०७२।०४।१५ मा जारी गरेको Explanatory Note on Accounting for Business Combination को व्यवस्था अनुरुप गर्नुपर्नेछ ।

२. यसरी लेखाङ्कन गर्दा Explanatory Note को बुँदा नं. ८ को व्यवस्थाबमोजिम Other Component of Equity अन्तर्गत गाभिने वा प्राप्ति भई आउने संस्थाको Acquisition Date मा कायम रहेको विभिन्न शिर्षकका कोषहरु (सञ्चित मुनाफा सहित) गाभ्ने वा प्राप्ति गर्ने संस्थाको सम्बन्धित कोषको शिर्षकमा रहने गरी लेखाङ्कन गर्नुपर्नेछ ।

३. गाभ्ने गाभिने वा प्राप्ति (एक्विजिशन) मा संलग्न संस्थाहरुको चुक्ता पूँजीको कुल योग भन्दा गाभिएर वा प्राप्ति (एक्विजिशन) पश्चात कायम हुने संस्थाको चुक्ता पूँजी कम हुने भएमा चुक्ता पूँजीमा फरक हुन आउने रकम (बचत) लाई पूँजीगत जगेडा कोष (Capital Reserve) मा लेखाङ्कन गर्नु पर्नेछ । यस्तो रकमबाट शेयरधनीहरुलाई नगद लाभांश बाँड्न पाइने छैन ।

४. Other Component of Equity मध्ये उपरोक्त बुँदा नं. २ र ३ बमोजिम लेखाङ्कन भएको कोषहरु बाहेकपनि रकम बाँकी हुन आएमा सो रकमलाई Merger/Acquisition Reserve मा लेखाङ्कन गर्नुपर्नेछ । यस रिजर्भमा भएको रकमबाट शेयरधनीहरुलाई लाभांश बाड्न पाईने छैन । तर गाभिने वा प्राप्ति भई उत्पन्न भएको Goodwill को हानी नोक्सानी (Impairment Loss) नाफा नोक्सान हिसाबमा खर्च लेखाङ्कन भए बराबरको रकम लाभांश वितरण गर्न यस व्यवस्थाले बाधा पुगेको मानिने छैन ।

५. Merger/Acquisition Reserve मा लेखाङ्कन गरिएको रकम नियमनकारी कोषमा जम्मा गर्नुपर्नेछ । यसरी Goodwill बराबरको रकम Merger/Acquisition Reserve मार्फत नियमनकारी कोषमा जम्मा भएको अवस्थामा उक्त रकम पुँजीकोष गणना गर्ने प्रयोजनका लागि CET 1 बाट घटाउन आवश्यक हुनेछैन ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved