एनआईसी एशिया बैंकमा खाता खोलेकी अन्नुले पाईन् १० लाख बीमा रकम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 15, 2023 | 09:28:02 AM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंकले सर्वश्रेष्ठ बचत खातामा उपलब्ध घातक रोग बीमा वापत एक जना ग्राहकलाई रू. १० लाख बीमा रकम भुक्तानी गरेको छ । बैंकले सर्वश्रेष्ठ बचत खाता योजना अन्तर्गत बैंकमा बचत खाता खोलेकी अन्नु श्रेष्ठलाई खातामा उपलब्ध घातक रोग बीमा वापत रू. १० लाख बीमा रकम भुक्तानी गरेको हो ।

जावलाखेल शाखामा ‘सर्बश्रेष्ठ बचत खाता योजना अन्तर्गत’ सर्वश्रेष्ठ बण्डल सहज बचत खाता खोलेकी श्रेष्ठलार्ई बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले उक्त बीमा रकम बराबरको चेक हस्तान्तरण गरेका हुन्। बैंकले सो बीमा रकम नेपाल इन्स्योरेन्ससँगको सहकार्यमा भुक्तानी गरेको हो ।

बैंकका अनुसार यस बैंकको बचत खातामा उपलब्ध बीमा सुरक्षण योजना अन्तर्गत हालसम्म देशभरका २०८० जना भन्दा बढी ग्राहकले घातक रोग बीमा वापत रू. ३ करोड, दुर्घटना बीमा वापत रू. १ करोड ३० लाख र मेडिकल बीमा वापत रू. ३ करोड ६७ लाख गरी कुल रू. ७ करोड ९८ लाख भन्दा बढी बीमा रकम प्राप्त गरिसकेका छन् ।

 बैंकले ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०६ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved