बैंक तथा वित्तीय संस्थाहरुले घटाएको ब्याजदर आजदेखि लागु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 15, 2023 | 10:17:54 AM मा प्रकाशित

laxmi  sunrise bank

बैंक तथा बितीय संस्थाहरुले घटाएको ब्याजदर आज चैत्र १ गतेदेखि लागु भएको छ । वाणिज्य बैंकका सीइओहरुको सङ्गठन नेपाल बैंकर्स संघ, विकास बैंकका सीइओहरुको सङ्गठन डेभलपमेन्ट बैंकर्स एशोसिएसन र फाइनान्स कम्पनीका सीइओहरु सङ्गठन नेपाल वित्तीय संस्था संघले यस अघि नै ब्याज घटाउने निर्णय गरेका थिए ।

घटेको ब्याजदर आजदेखि लागु भएको हो । 

नेपाल बैंकर्स संघ, (एनबिए) ले बचतको ब्याजदर तथा ब्याजको प्रिमियम दर घटाउने निर्णय गरेको छ । संघले बचतको ब्याजदर घटाएर न्युनतम ६ प्रतिशत र अधिकतम ८ प्रतिशत कायम गर्ने निर्णय हो । यस अघि बचततर्फको न्युनतम ब्याजदर ६.४२ प्रतिशत र अधिकतम ब्याजदर ८.४२ प्रतिशत थियो। संघले ऋणको ब्याजदर निर्धारण गर्दा अधिकतम ५ प्रतिशत मात्र प्रिमियम थप गर्ने निर्णय गरेको छ । यस अघि ६ प्रतिशतसम्म प्रिमियम थप गर्ने गरेका थिए ।

त्यस्तै  डेभलपमेन्ट बैंकर्स एशोसिएसनले मुद्दति निक्षेपको ब्याजदर अधिकतम ०.२५ प्रतिशतसम्म घटाउने निर्णय गरेको छ।  संघले व्यक्तिगत मुद्दति निक्षेपको हालको ब्याजदर ब्याजदर ११.७५ प्रतिशतबाट घटाएर ११.६० प्रतिशत कायम गरेको छ । यो एक वर्ष वा सोभन्दा बढी अवधिको व्यक्तिगत मुद्दति निक्षेपमा लागु हुन्छ।  एकवर्ष वा सोभन्दा कम अवधिको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर भने घटेर ११.५० प्रतिशत कायम भएको छ।

नेपाल वित्तीय संस्था संघले  एक बर्ष र सो भन्दा माथिको मुद्दति निक्षेपको ब्याज दर ०.२० प्रतिशत र ‘तीन महिनामाथिको निक्षेपको ब्याज दर ०.१५ प्रतिशत बिन्दुले घटाउने निर्णय गरेको छ। यस सँगै पहिला १२.१० प्रतिशत रहेको ब्याज अब चैतदेखि ११.९ प्रतिशत कायम भएको छ। बचतको ब्याजमा भने कुनै फेरबदल गरिएको छैन। संस्थागततर्फ स्वतः २ प्रतिशत कम हुने गरि ब्याज कायम हुने गरि संघले निर्णय गरेको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved