सानिमा बैंकको सेवा मुल्याङ्कन क्यूआर कोड मार्फत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 24, 2023 | 04:17:15 PM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा बैंकका ग्राहकहरुले सम्पूर्ण कार्यालयहरु मार्फत बैंकको सेवा सम्बन्धी आफ्नो अनुभव मुल्याङ्कन गर्ने सुविधा ल्याएको छ । बैंकले ग्राहकहरुको प्रतिक्रिया लिन र बैैकको सेवा मुल्याङ्कन गर्न यो सुबिधा ल्याएको हो ।

यस अन्तर्गत, सानिमा बैंकका सेवाग्राहीले बैंकको सेवाको अनुभव मुल्याङ्कन गर्ने तथा अनुभवको प्रतिक्रिया दिन सक्नेछन् । बैंकले आफ्नो सम्पूर्ण कार्यालयहरुको काउन्टर र ग्राहक सेवा विभागमा क्यूआर कोड उपलब्ध गराएको छ । उक्त क्यूआर कोड स्क्यान गरी ग्राहकहरुले बैंकमा आफ्नो अनुभव तत्कालै मुल्याङ्कन गर्ने तथा अनुभवको प्रतिक्रिया दिन सक्नेछन् । बैंकले ग्राहक सेवालाई सुधार गर्दै जाने उद्देश्यले यो पहल गरेको हो ।

सानिमा बैंकको देशको सातै प्रदेशमा १३२ वटा कार्यालयहरु तथा १२३ वटा ए.टि.एम.हरु संचालनमा रहेका छन् ।   


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved