नक्सालमा १०५ आना जग्गा खरिद गर्ने एनएमबि बैंकको निर्णय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 01, 2023 | 10:27:34 AM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबि बैंकले बैंकको कर्पोरेट कार्यालय भवन निर्माण गर्ने उद्देश्यले जग्गा खरिद गर्ने निर्णय गरेको छ । बैंकको असोज १० गते बसेको संचालक समितिको बैठकले बैंकको नाम जग्गा कह्रिदा गर्ने निर्णय गरेको हो ।

बैंकले काठमाडौँ महानगर पालिका वडा नम्बर १ नक्साल स्थित कुल क्षेत्रफल १०५.५६२५ आना जग्गा तथा सोमा रहेको संरचना खरिद गर्ने निर्णय गरेको हो । बैंकले १ अर्ब २१ करोड ३९ लाख ६८ हजार ७ सय ५० रुपैयाँमा जग्गा खरिद गर्न लागेको हो।  

बैंकको नाममा नामसारी / दाखिल खारेज भई आए पश्चात उपरोक्त रकम भुक्तान गर्ने निर्णय बैंकको संचालक समितिले गरेको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved