उपदान र पेन्सन कोषको रकम राख्न बैंक खोज्दै राष्ट्र बैंक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 20, 2023 | 11:17:12 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले उपदान र पेन्सन कोषमा रहेको रकम बैंक तथा वित्तीय संस्थामा एकवर्षे मुद्दतीमा लगानी गर्ने भएको छ । राष्ट्र बैंकको उपदान तथा पेन्सन जस्ता कोषमा रहेको उक्त रकम २०८० मंसिर १० गतेदेखि २०८१ मंसिर १०  गतेसम्म ३६६ दिनको मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो ।

केन्द्रीय बैंकले ३२ करोड रुपैयाँ वाणिज्य बैंकको मुद्दतीमा राख्ने भएको छ । यसैगरी विकास बैंकमा ६ करोड रुपैयाँ र वित्त कम्पनीहरूमा २ करोड रुपैयाँ गरी कुल ४० करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाको मुद्दतीमा लगानी गर्ने जनाएको छ ।

राष्ट्र बैंकले तोकेको सीमाभित्र रही बैंकहरूले चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको ब्याजदर समेत खुलाई यही मंसिर ५ गते बेलुका ७ बजे भित्र पेश गर्न अनुरोध गरेको छ । साथै प्रस्ताव फाइलको पासवर्ड मंसिर ६ गते १० बजेभित्र पेश गर्न समेत अनुरोध गरिएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved