बैंकिङ्ग प्रणालीबाट १० अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 22, 2023 | 11:18:57 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले बजारबाट १० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ । बजारमा अधिक तरलता भइरहेको बेला केन्द्रिय बैंकले एक हप्ता अवधिका लागि सार्वजनिक बोलकबोल मार्फत रकम खिच्न लागेको हो । 

बुधबार आज जारी हुने उक्त निक्षेपको एक साता (मंसिर १३ गते) परिपक्व हुनेछ । केन्द्रिय बैंकले मंगलबार एक सूचना जारी गर्दै दरखास्त आह्वान गरेको छ । इच्छुक 'क', 'ख ' र 'ग 'वर्गकाबैंक तथा वित्तीय संस्थाले २०८० मंसिर ६ गते दिउँसो २ बजेसम्म आवेदन दिन सक्ने जारी सूचनामा उल्लेख छ । 

इच्छुक आवेदकले प्रस्तावित ब्याजदर सहित घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी आवेदन दिन सक्नेछन् । उक्त निक्षेप संकलनका लागि न्यूनतम ब्याजदर बोलकबोल प्रक्रिया मार्फत तय हुनेछ । बहुब्याजदरमा बहुबोलकबोल पनि गर्न सकिने केन्द्रिय बैंकले जनाएको छ ।

अहिले बजारमा ५ खर्ब रुपैयाँअधिक लगानीयोग्य रकम तरलता रहेको राष्ट्र बैंकले जनाएको छ । अहिले बजारमा भारित औसत अन्तर बैंक दर २.८ प्रतिशत रहेको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved