मौद्रिक नीति समिक्षामा सेयर लगानीकर्ताका तीन माग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 23, 2023 | 12:14:40 PM मा प्रकाशित

laxmi  sunrise bank

केन्द्रिय बैंक यतिबेला चालू आर्थिक वर्षको मौद्रिक नीतिको समिक्षाको अन्तिम तयारीमा छ । आवश्यक तथ्यांकहरु यसअघि नै संकलन गरी विभागीय छलफल पश्चात मौद्रिक नीति समिक्षा राष्ट्र बैंक उच्च व्यवस्थापन तहमा पुगिसकेको छ । 

केन्द्रिय बैंकका अनुसार उच्च व्यवस्थापनले समिक्षालाई अन्तिम रुप दिइसकेपछि सञ्चालक समितिमा पठाउने र बोर्डबाट पारित भएपछि यसैसाता मौद्रिक नीतिको समिक्षा सार्वजानिक हुनेछ । यसै समिक्षाको सेरोफेरोमा रहेर बुधबार राष्ट्र बैंकले बुधबार वाणिज्य, विकास बैंक, फाइनान्स र लघुवित्त कम्पनीलाई बोलाएर छलफल गरेको थियो । 

मुलुकमा बाह्य सुचक सन्तोषजनक अवस्थामा रहेको समयमा आन्तारिक अवस्था खासगरी वित्तीय क्षेत्रमा देखिएको लगानीयोग्य रकम अधिक हुनु, अधिक ब्याजदर साथै उद्यमी व्यवसायी नयाँ लगानीका लागि आकर्षित नहुँँदा अहिले अर्थतन्त्र चलायमान हुन सकेको छैन् । अथतन्त्रमा यी विविध चुनौती रहेको अवस्थामा सबैको नजर राष्ट्र बैंकतिर सोझिएको छ । 

प्रधानमन्त्रीले बोलाएको बैठकमा होस् अथवा अर्थमन्त्रीले पनि अहिलेको समस्या समाधानको लागि राष्ट्र बैंकको नै मुख ताकेको देखिन्छ । बिहीबार आयोतिक एक कार्यक्रममा समेत अर्थमन्त्री प्रकाश शरण महतले शेयर कर्जा र घर कर्जामा अस्भाविक वृद्धि हुँदा अहिलेको समस्या सिर्जना भएको औंल्याँदै समस्या समाधान पनि यसैबाट खोजिनु पर्ने बताएका छन् । 

सेयर लगानीकर्ता भने सेयरको जोखिमभार १०० मा झारिनु पर्ने बताउँछन् । अगुवा सेयर लगानीकर्ता छोटेलाल रौनियार बजार करेक्शन भएर १८०० मा आइपुग्दा समेत जोखिमभार १५० नै राखिनु सही नभएको बताउँछन् । ३२०० हुँदा र अहिले १८०० नेप्से सुचक आउँदा एउटै जोखिमभार सही नहुने उनको तर्क छ । त्यस्तैगरी, सेयर कर्जामा लगाइएको १५ करोड र २० करोडको सीमा पनि हटाइनु पर्ने उनको माग छ । कुल कर्जाको २ प्रतिशत अर्थात जम्माजम्मी ८१ अर्ब रकममात्रै सेयर कर्जामा गएको भन्दै उनले नगन्यमात्रामा कर्जा भएको क्षेत्रमा कडाई गर्न नहुने बताउँछन् । उनले अर्थमन्त्री र गर्भनरको राजनीतिक शिकार पूँजीबार भएको आरोप समेत लगाए ।

विगत ३/४ महिना यता निक्षेपको ब्याजदर घटेको भएपनि कर्जाको ब्याजदर सो अनुसार घट्न सकेको छैन् । लगानीकर्ताले निक्षेपसँगै कर्जाको ब्याजद् पनि घट्नु पर्ने बताउँदै आएका छन् । 

पूर्व बैंकर तथा अर्थविद् अनलराज भट्टराई अर्थतन्त्र सुधारको पहिलो प्रस्थान बिन्दु सेयर बजार सुधार हुनु पर्ने बताउँछन् । उनले पूँजीबजार नराम्रो किसिमले करेक्शन भइसकेको भन्दै अब सुधार तर्फ जानुपर्ने उनको भनाई छ । यसका लागि सरकार र राष्ट्र बैंकले नीतिगत सहजीकरण गर्र्नुपर्ने उनी बताउँछन् । 

यता अर्थतन्त्रलाई चलायमान बनाउने गरी मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा आउने राष्ट्र बैंकको तयारी छ । राष्ट्र बैंकका एक अधिकारीका ठूलो नीतिगत परिवर्तन नहुने तर अर्थतन्त्रलाई चलायमान गर्नेगरी मौद्रिक नीति आउने बताउँछन् । बैंक तथा वित्तीय संस्थामा खराब कर्जाको दर बढ्दै गएको अवस्थामा त्यसलाई थप बढ्न नदिने साथै कर्जा तिर्न नसकेका ऋणीहरुलाई नीतिगत रुपमा सहजीकरण गर्ने गरी समिक्षा आउने बताइएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved