बैंकमा करिब ६० खर्ब निक्षेप, कर्जा लगानी सुस्त

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 23, 2023 | 01:19:47 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंक तथा वित्तीय संस्थामा निक्षेप बढेको छ । केन्द्रिय बैंकका अनुसार सोमबारसम्म बैंक तथा वित्तीय संस्थामा ५९ खर्ब २९ अर्ब रुपैयाँ रकम निक्षेपको रुपमा रहेको छ भने ४९ खर्ब ७७ अर्ब रुपैयाँ कुल कर्जा लगानी भएको छ ।

अर्थतन्त्र शिथिल अवस्थामा रहेको र लगानीका लागि लगानीकर्ता आकर्षित नहुँदा बैंक तथा वित्तीय संस्थामा पैसा थुप्रिएको हो । राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकमा मात्रै ५२ खर्ब ४२ अर्ब रुपैयाँ निक्षेप रहेको छ । त्यस्तै अन्य बैंक तथा वित्तीय संस्थामा ६ खर्ब ८७ अर्ब रुपैयाँ रकम निक्षेपको रुपमा रहेको छ ।

विगतका वर्षमा लगानीयोग्य रकमको अभाव खेपेका बैंकहरुलाई अहिले गुणस्तीय कर्जा लगानीको चुनौती थपिएको छ । एकातिर पुरानो कर्जा समयमा नै असुली हुन नसक्दा खराब कर्जा (एनपीएल) बढेर गएको छ भने निक्षेप अनुसारको कर्जा माग नहुँदा बैंकमा लगानी योग्य रकम थुप्रिएको छ ।

त्यस्तै यो समयअवधिमा बैंकहरुको कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ८१.१४ प्रतिशत कायम भएको छ भने बैंकहरूले एक आपससँग सापट लिने कर्जा (अन्तर बैंक) को हाल २.५३ प्रतिशत कायम भएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved