डिजिटल वालेटः एक वर्षमा ५४ लाख प्रयोगकर्ता थपिए

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 23, 2023 | 04:52:28 PM मा प्रकाशित

laxmi  sunrise bank

विगत एक वर्षयता ५४ लाख भन्दा बढी प्रयोगकर्ताहरू थपिएर असोजसम्म २ करोड २ लाख ७६ हजार १ सय ६१ जनाले डिजिटल वालेट प्रयोग गर्न थालेको पाइएको छ । राष्ट्र बैंकको तथ्यांकअनुसार अघिल्लो वर्ष असोजसम्म भने वालेट प्रयोकर्ता संख्या १ करोड ४८ लाख ३९ हजार ८ सय २० थियो । अघिल्लो महिना भदौसम्म १ करोड ९९ लाख २२ हजार ४ सय ४३ प्रयोगकर्ता थिए ।

यस्तै वालेटबाट हुने गरेको कारोबार रकममा पनि वृद्धि भएको छ । असोजसम्ममा २ करोड २६ लाख २२ हजार १ सय ७० पटकमा २२ अर्ब ७९ करोड रुपैयाँबराबर कारोबार भएको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । गत आर्थिक वर्ष असोजमा भने यस्तो कारोबार १६ अर्ब ५६ करोड रुपैयाँबराबर थियो । 

त्यस्तै यो अवधिमा मोबाइल बैंकिङ प्रयोगकर्ता संख्या २ करोड २२ लाख ८४ हजार २ सय २२ पुगेको छ । यी प्रयोगकर्ताले ३ करोड २७ लाख ७२ हजार ८ सय ३९ पटकमा २ खर्ब ७७ अर्ब ८२ करोड रुपैयाँबराबर कारोबार गरेका छन् ।

त्यस्तै असोजसम्म  क्यूआर कोडमार्फत ३६ अर्ब २१ करोड रुपैयाँको कारोबार भएकोमा राष्ट्र बैंकले दिएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved