माछापुच्छ्रे बैंकले क्याम्पसलाई दियो मल्टिमिडिया प्रोजेक्टर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 13, 2024 | 08:05:28 PM मा प्रकाशित

laxmi  sunrise bank

माछापुच्छ्रे बैंकले डिल्लीबजार कन्या बहुमुखी क्याम्पसलाई मल्टिमिडिया प्रोजेक्टर हस्तान्तरण गरेको छ । बैंकले मंगलबार क्याम्पसलाई ४ थान प्रोजेक्टर वितरण गरेको हो ।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विश्वम्भर न्यौपाने र नायब महाप्रबन्धक प्रसिद्ध राज अर्यालले उक्त प्रोजेक्टर क्याम्पसको व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको जनाइएको छ  । 

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत क्याम्पसमा अध्ययनरत छात्राहरुको पढाइ र सिकाई क्षमता अभिवृद्धि गरी गुणस्तरीय र प्रविधिमैत्री शिक्षाका लागि मल्टिमिडिया प्रोजेक्टर क्याम्पसलाई प्रदान गरेको जनाएको छ ।

बैंकले बैंकिङ्ग सेवाको साथसाथै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न स्थानहरुमा विभिन्न संघसंस्थाहरुसंग मिलेर स्वास्थ्य, शिक्षा, पूर्वाधार निर्माण, वित्तीय साक्षरता, दिगो विकास लगायतका क्षेत्रहरुमा काम गर्दै आएको उल्लेख गरेको छ । 

बैंकले देशका ७ वटै प्रदेशमा १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, ११९ शाखारहित बैंकिङ्ग सेवा, २०३ एटिएम मार्फत सेवा दिदै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved