सिटिजन्स बैंकले गर्यो वृद्धा आश्रमलाई सहयोग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 15, 2024 | 07:16:59 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंक इन्टरनेसनलले वृद्धा आश्रमलार्ई सहयोग प्रदान गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विराटनगरमा अवस्थित महिला जागृती तथा वृद्धा आश्रमलार्ई सहयोग प्रदान गरेको हो ।

ज्येष्ठ नागरिकहरुलाई आश्रय दिइ रहेको सो संस्थालाई बैंकले ६ महिनालाई पुग्ने बराबरको दैनिक उपभोग्य खाद्यान्न सामाग्री र अन्य  सामाग्रीहरु उपलब्ध गराएको छ  । विभिन्न दाताबाट प्राप्त सहयोगबाट वृद्धाश्रम संचालन भइरहेको छ जनाइएको छ । 

बिहिबार बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सहयोग स्वरुप सामग्रीहरु हस्तान्तरण गरेका हुन् । सहयोग वितरण कार्यक्रमलाई सम्बोधन गर्दैै प्रमुख कार्यकारी अधिकृत पोखरेलले एक वृद्धा महिलाले संचालन गरेर समाजमा अनुकरणिय काम गर्दै आएको संस्थालाई सहयोग प्रदान गर्न पाँउदा आफूलाई धेरै खुसी महशुस भएको बताए । उनले दीन दुस्खी वृद्धाहरुलाई सानो भएतापनि सहयोग गरेर समाज प्रतिको उत्तरदायित्व बोध गर्न पाँउदा हर्षित भएको उल्लेख गरे ।

आगामी दिनमा पनि बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक  आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने योजना रहेको जानकारी गराएको छ । 

बैंकले १९० वटा शाखा, १५२ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ्ग मार्फत सेवा दिँदै आइरहेको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved