टेकु स्थित शुक्रराज ट्रपिकल असपतालमा हिमालयन बैंकको नगद काउन्टर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 21, 2024 | 01:19:40 PM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन बैंक लिमिटेडले टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल टेकुमा फाल्गुण ९ गते देखि नगद संकलन काउन्टर संचालनमा ल्याएको छ । अस्पातालमा आउने सेवाग्राहीको सुविधालाई ध्यानमा राखी बैंकले अस्पतालसंग नगद संकलन गर्ने सम्झौता गरेको हो । 

नगद संकलन काउन्टर संचालनमा ल्याउने सम्झौता पत्रमा बंैकका तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत विजयमान नकर्मी र अस्पतालका तर्फबाट अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले हस्ताक्षर गरेका छन्। 

बैंकले अस्पतालमा उक्त सेवा सार्वजनिक विदाका दिनमा समेत गरी २४ सै घण्टा प्रदान  गर्नेछ । सो काउन्टरमा सेवाग्राहीहरुको सुविधालाई मध्यनजर गर्दै बैंकले क्यू आर  मार्फत पनि भुक्तानी गर्न सकिने सुविधा प्रदान गरेको जनाएको छ ।  उक्त सेवाले अस्पतालमा सेवा लिन आउने बिरामी एवं बिरामीहरुका परिवार÷आफन्तजन तथा अस्पतालका कर्मचारीलाई सहजता प्रदान गर्ने विश्वास बैंकले व्यक्त गरेको छ  । 


 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved