बैंक तथा वित्तीय संस्थाको लागि राष्ट्र बैंकले जारी गर्यो नयाँ निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 22, 2024 | 12:52:49 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको लागि नयाँ निर्देशन जारी गरेको छ। राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले आज वाणिज्य बैंक, विकास बैंक, र फाइनान्स कम्पनीको लागि नयाँ निर्देशन जारी गरेको हो ।

चालु आर्थिक वर्ष २०८०/८१ को अर्ध वार्षिक समीक्षा सार्वजनिक गरिएका व्यवस्था कार्यान्वयनको लागि राष्ट्र बैंकले नयाँ निर्देशन जारी गरेको हो ।  नयाँ व्यवस्था अनुसार संस्थागत मुद्दती निक्षेप (बोलकबोलसमेत) मा प्रदान गरिने अधिकतम ब्याजदर सर्वसाधारणलाई मुद्दती निक्षेपमा प्रदान गरिने अधिकतम ब्याजदरभन्दा कम्तीमा १ प्रतिशत बिन्दुले कम हुनुपर्नेछ । यो व्यवस्था २०८० चैत १ देखि लागु हुनेछ । 

 बोलकवोलको आधारमा संकलन हुने मुद्दती निक्षेप (स्वदेशी तथा विदेशी मुद्रा) को हकमा प्रकाशित ब्याजदरमा ०.५ प्रतिशत बिन्दु भन्दा बढी नहुने गरी निक्षेप संकलन गर्नु पर्ने व्यवस्था हटाइएको छ ।

त्यस्तै कृषि, साना, घरेलु तथा मझौला उद्यम व्यवसायमा प्रवाह भएको रु. २ करोडसम्मको कर्जालाई रेगुलेटरी रिटेल पोर्टफोलियोमा गणना गर्न पाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ।

यस्तो छ राष्ट्र बैंकको निर्देशन:


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved